काँग्रेस एमालेको सहमती लोकतान्त्रिक मान्यता विपरीत : अर्थविद वाग्ले

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं अर्थविद डा. स्वर्णिम वाग्लेले काँग्रेस एमालेको सहमती लोकतान्त्रिक मुल्य मान्यता बमोजिम नभएको बताएका छन् ।

बिहिबार लेखनाथमा आयोजित लेखनाथ उद्योग वाणिज्य संघको २८ औं वार्णिक साधारण सभाको अवसरमा आयोजित “वर्तमान आर्थिक अवस्थामा व्यवसायिक चुनौती र सम्भावना” विषयक उत्प्रेरणात्मक कार्यक्रममा बोल्दै संसदको पहिलो र दोश्रो दल मिलेर सरकार बनाउने प्रचलन नभएको बताउँदै यो लोकतान्त्रिक मुल्य मान्यता बमोजिम नभएको बताएका छन् ।

उनले संविधान संशोधन गर्ने कुरा त्यति सजिलो नभएको बताउँदै १/२ जनालाई जोगाउनकै लागी अहिलेको समिकरण बनेको भए त्यस्तो सरकार २/३ महिनामै ढल्ने दावी गरे । उनले आर्थिक र राजनीतीक शुसासन कायम नभएका कारण अर्थतन्त्रमा उल्लेख्य सुधार हुन नसकेको बताए । देशको समग्र अर्थतन्त्र बाहिर आएको हल्लाजस्तो दयनिय नभएको बताउँदै सुक्ष्म अर्थतन्त्रतर्फ भन्ने थुप्रै सुधारका कुराहरु गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले राजनिती, अर्थनीति र कुटनीति पिडादायक अवस्थामा रहेको बताउँदै अहिलेको राजनितिक प्रयोग अन्तिम विकल्प भएको र यदि यो असफल भएको खण्डमा मुलुक कता पुग्छ ? भनी प्रश्नसमेत गरे ।
यस्तै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विदेश जानेलाई स्वदेशमा नै कसरी रोक्न सकिन्छ भन्ने बारेमा सरकारी तर्पmबाट व्यावसायिकमैत्री नीति निर्माण गरेपनि कार्यान्वयनको चरण फितलो भएको बताएका छन् ।

यसैगरी पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले व्यवसायिले राज्यलाई कर तिर्ने, रोजगारी सिर्जना गर्ने तर सरकारको तर्फबाट व्यवसायीमैत्री नीति आउन नसकेको र व्यवसायीबाट अंकुश लगाएर रकम तान्ने काममात्र गरेको बताएका थिए ।

लेखनाथ उद्योग बाणिज्य संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले वि.सं २०५४ सालमा स्थापना भएको संघले यस क्षेत्रका सबै खालका व्यवसायीलाई संगठित गर्दै यस क्षेत्रको विकासका लागि सरकारी निकायमा छलफल गर्दै आएको बताएका थिए । लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव जानुका अधिकारीले कार्यक्रम सञ्चालन र वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद दिएका हुन् ।

 

You might also like

Comments are closed.