सुनको मूल्य तोलामा रु एक सयले वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु एक सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक सयले वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख ४४ हजार ३ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४४ हजार  ४ सय निर्धारण भएको छ ।

तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ४३ हजार ६ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४३ हजार ७ सय निर्धारण भएको छ ।

चाँदीको मूल्य बिहीबार प्रतितोला रु एक हजार ८६५ मा कारोबार भएकामा आजका लागि भने रु १८ सय ७० निर्धारण भएको छ । रासस

You might also like

Comments are closed.