हरेक टियागो इभि बुकिङमा सियोर सट गिफ्टसंगै मनसुन मेला सुरु

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रा. लि. ले टियागो इभि मन्सुन एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । मन्सुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसंग साट्न सकिनेछ ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुची तथा चाहनालाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरुमा यही असार २१ गते देखी २३ गते सम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको हो । यस मेलामा सहभागी भएर ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशूल्क अटोप्लस इन्स्योरेन्स, निःशूल्क दुई आर्थिक वर्र्षको सवारी कर, एक्सेसरिज र तीन वर्षको निःशूल्क सर्भिसिङ्घ सुविधाको फाइदा लिन सकिनेछ ।

साथै टेस्ट ड्राइभ र बुकिङ्गमा स्योर सट गिफ्टहरु पनि पाउन सकिने बताइएको । यी अफरहरु मन्सुन एक्सचेन्ज मेलाको ३ दिनका लागि मात्र लागु हुनेछ । ग्राहकको व्यस्त समयलाई ध्यानमा राख्दै टियागो इभि मन्सुन एक्सचेन्ज मेला बिहान ९ बजे देखि राती ९ बजेसम्म टाटा मोटर्सको नेपालभरीको शोरुममा हुन गइरहेको छ ।

You might also like

Comments are closed.