लेखनाथमा राष्ट्रिय परिचय पत्र बनाउन सहज वातावरण छ : प्रमुख पौडेल

पोखरा । कास्कीका नागरिकलाई वर्तमान अवस्थामा राष्ट्रिय परिचय पत्र बनाउन फर्कनुपर्ने अवस्था नरहेको इलाका प्रशासन कार्यालय लेखनाथका कार्यालय प्रमुख श्रीनाथ पौडेलले बताएका छन् ।

राज्यले दिने सामाजिक सुरक्षा लगायतका राज्यबाट पाउने सुवधाका लागि अनिर्वाय रुपमा राष्ट्रिय परिचय पत्र आवश्यक भएकाले ज्येष्ठ नागरिक, अशक्त, एकल महिला परिचय पत्र बनाउन सहज र सरल रुपमा मैत्रीपुर्ण सेवा दिएको बताए । जिल्ला प्रशासन कार्यालय पोखरा वडा नं. १, १७ र यसैगरी साविक लेखनाथ नगरपालिका इलाका प्रशासन कार्यालय वडा नंं. २७ वडा कार्यालय र स्थानीय तह रुपा गाउपालिका, मादी, अन्नपुर्ण र माछापुच्छ्रे  गाउपालिका कार्यालयबाट पोखरा महानगरपालिकाका ३३ वडा र ४ स्थानीय पालिकाबाट गरी जम्मा ८ वटा स्थानबाट दैनिक ५ सय सेवाग्राहीले सेवा लिइरहेको पौडेलले बताए ।

साथै उनले अन्य जिल्लाको तुलनामा कास्की जिल्लामा विभिन्न क्षेत्रबाट सेवा प्रवाहका कारण पनि नागरिकलाई वर्तमान अवस्थामा राष्ट्रिय परिचय पत्र बनाउन फर्कनु पर्ने अवस्था नरहेको बताँदै पोखरा महानगरपालिका हरेका वडा कार्यालयसंग समन्मय गरेको सूचनाको प्रवाह र समय अझै बाँकी र वर्षातको खेतीपाली लगाउने समय भएकाले समेत सेवाग्राहीले सास्ती खेप्नु परेको अवस्था नरहेको बताउँछन् ।

सरकारको स्वामित्वमा रहेको नागरिकता परिचय पत्रको सट्टा राष्ट्रिय परिचय पत्र अनिवार्य संगै सामाजिक सुरक्षा, स्वास्थ्य विमा, पेन्सन सुविधा , आयकर, सवारी चालक, कम्पनी दर्ता लगायतका नविकरण अनिवार्यसंगै जिल्ला प्रशासन कार्यालय कास्कीमा २०४७ साल अगाडी बनाइएका नागरिकता कास्की जिल्ला प्रशासन कार्यालयमा जलेर नष्ट भएका कारण पनि राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको सामान्य भीड बढेको भएतापनि सरकारले सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचय–पत्र नम्बर अनिवार्य गरेसँगै सेवाग्राहीको सामान्य भीड बढेको हो । राहदानी लिनको लागि मात्र राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको थियो ।

सरकारले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण र नयाँ दुवैका लागि राष्ट्रिय परिचय–पत्र अनिवार्य गरेको छ । महानगरपालिकाका वडा वडाबाट ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरु समेत राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय पोखरा र लेखनाथ इलाका प्रशासन कार्यालय आउने गरेका छन् । पछिल्लो केही दिन दैनिक ५ सय जना सेवाग्राही आउन थालेपछि कर्मचारी थपेर सेवाप्रवाह गरिएको इलाका प्रशासन लेखनाथ कार्यालयका नायब सुव्वा बाबुराम शर्मा बताउँछन् । यसअघि राष्ट्रिय परिचय पत्रको लागि वडा–वडामा टोली पुगेपनि कतिपयले यसलाई अनिवार्य नठानी फोटो खिचाएका थिएनन् । तर क्रमशः सरकारी सेवामा यसलाई अनिवार्य गरिएपछि छुटेकाहरु समेत राष्ट्रिय परिचय पत्र बनाउन प्रशासन कार्यालय पुग्ने गरेका छन् ।

नागरिकता लिन आउने सेवाग्राहीलाई एकैसाथ राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गर्ने गरिएपनि पछिल्लो समय परिचय पत्रकै लागि मात्र आउने सेवाग्राही पनि बढेका छन् । यसअघि दुईवटा मात्रै विवरण दर्ता केन्द्र सुरु गरेको जिल्ला प्रशासन कार्यालय कास्की अहिले सेवाग्राहीको चाप बढेपछि ८ वटा स्टेसनमार्फत सेवा दिएको जनाएको छ । तत्कालका लागि परिचय पत्र नआएपनि विवरण भरेर प्रविष्ट गरिसकेपछि सेवाग्राहीले राष्ट्रिय परिचय पत्र नम्बर भने पाउने गरेका छन् ।

 

You might also like

Comments are closed.