टिभिएस कल्टको दोस्रो राइड सम्पन्न

काठमाडौं । टिभीएस मोटर नेपालको एकमात्र आधिकारिक जगदम्बा मोटर्सले टिभिएस कल्टको दोस्रो राइड सफलतापूर्वक सम्पन्न गरेको छ । दोस्रो वार्षिकोत्सवको अवसरमा टिभीएस शोरूम ब्रदर्स आटो पोइन्ट ज्ञानेश्वरबाट सुरु भई बुढानीलकण्ठको ड्रीम गार्डेन रिसोर्टमा ६० जना राइडरर सहभागी थिए ।

सहभागीमध्ये एक महिला राइडर रोनीशा महर्जन पनि थिइन्, यात्राको मज्जा लिइन् । उनी भन्छिन्, “यो केवल सवारी मात्र नभई एक उत्सवमय यात्रा थियो” । यात्रामा २३ देखि ५५ वर्ष उमेर सम्मका सहभागी थिए । सुरक्षालाई प्राथमिकता दिन मार्शल मिलन घिमिरेले सुरक्षा सवारी गियरको तालिम प्रदान गरेका हुन् ।

यो यात्रा अपाचे र रोनीन सवारहरूले अपनाएको संस्कृति, जीवनशैली र यात्रा दृष्टिकोणको प्रमाण थियो । जसले सबै सहभागीमा स्थायी छाप छोड्यो । रोनीन कल्ट समुदाय लगातार बढिरहेको जानकारी छ । हालसम्म यस समुदायले ४ सय भन्दा बढी सवारको सदस्यता पाएको छ । यसको अगाडि र पछाडि रहेको डुअल–च्यानल एबीएस सहितको डिस्क ब्रेकको साथ, रोनिनले जुनसुकै मौसम र जस्तोसुकै भूभागमा उत्कृष्ट स्टपिङ पावरसंगै राइडरको सुरक्षा सुनिश्चित गर्दछ ।

यात्रामा राइडरले टिभिएस रोनिनलाई लामो यात्राका लागि आरामदायी र भरपर्दो सवारी साधनको रूपमा आफ्नो विश्वास व्यक्त गरेका छन् । यसको उच्चतम २२५ सीसी सिंगल–सिलिन्डर इन्जिनले बलियो टर्क र सहज पावर डेलिभरी प्रदान गर्दछ, जसले यसलाई शहरी र लामो दुरी दुवै यात्रा लागि उपयुक्त बनाउँछ । यसमा समावेश उत्कृष्ट विशेषताहरूका साथ उत्कृष्ट निर्माण र स्टाइलिश रेट्रो–आधुनिक डिजाइनकोले यसलाई मोटरसाइकल मात्र नभई हरेक यात्राको एक विश्वसनीय साथी भनाउँछ ।

जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएस ब्रान्डका दुई पाङ्ग्रे सवारी साधन ब्रान्डमा पूर्णस्थापित छ । यी ब्रान्डका मोटरसाइकल र स्कुटर दुबै नेपालीमाझ राइडर फ्ल्याग शिप मोडेलको रुपमा टिभिएस अपाचे आरटीआर र एनटर्क लोकप्रिय छन् । यो ब्रान्ड पावरको हिसाबले र स्पोर्टी लुकसहितको मोटरसाइकलको रुपमा लोकप्रियता हासिल गरेको छ । जगदम्बा मोटर्स प्रा. लिमिटेडको १४० भन्दा बढी घक् डिलरहरू र २ सय भन्दा बढी आधिकारिक सेवा केन्द्रका साथ काठमाडौंमा ६ विशेष शोरूमहरू सहितको विस्तृत डिलर नेटवर्क रहेको ।

You might also like

Comments are closed.