शनिवार पाल्पा रामपुरमा महानायक राजेश हमाल आउँदै

सुशीला रेग्मी
रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा नेपाली चलचित्रका महानायक राजेश हमाल आउँदैछन् । भोली असार २२ गते शनिवारका दिन बेझाड बजारमा सञ्चालनमा आउन लागेको सुपरमार्टको शुभारम्भ गर्न महानायक हमाल आउने भएका हुन् ।

रामपुरको मुख्य बजार बेझाड बजारमा शनिबार देखि उपकार सुपरमार्टको दोस्रो शाखा एवं क्लथ एण्ड फुड बैंक सञ्चालनमा आउँदैछ । सुपरमार्टले आफ्नो दोस्रो शाखा संगै क्लथ एण्ड फुड बैंक सञ्चालनमा ल्याउन लागेको हो । क्लथ एण्ड फुड बैंक नेपालका संरक्षक समेत रहेका महानायक हमालबाट शुभारम्भ हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको उपकार सुपरमार्टका अध्यक्ष विष्णुप्रसाद गौतमले जानकारी दिए ।

तीन वर्ष देखि रामपुर–५ मटेरीमा मार्ट सञ्चालन गर्दै आइरहेकोमा बेझाड बजारबाट पनि सेवा दिने उद्धेश्यले शाखा विस्तार संगै क्लथ एण्ड फुड बैंक स्थापना गर्न लागेको अध्यक्ष गौतम बताउँछन् । एउटै छानोमुनिबाट उपभोक्तालाई सहज सुबिधा दिन बेझाड बजारमा नयाँ शाखा सञ्चालन गर्न लागेको सुपरमार्टका सूचना अधिकृत सुरज गौतम बताउँछन् ।

हाल मटेरीबाट सेवा दिदै आइरहेको अवस्थामा एक करोड बढीको लागतमा बेझाँडमा शाखा स्थापना गरी सञ्चालन गर्न लागिएको छ । उपकार सुपर मार्ट विभिन्न पेशा र क्षेत्रमा आवद्ध एक जना युवाको संयुक्त लगानीमा स्थापना भएको व्यापारिक संस्था हो ।

You might also like

Comments are closed.