नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिँदा कारोबार रकम ६ अर्ब नाँघेको छ । नेप्सेका अनुसार आज परिसूचक २१ दशमलव २७ प्रतिशतले बढेर २ हजार १४० दशमलव ९७ विन्दुमा कायम भएको हो ।

आज ३२५ कम्पनीको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयर ८० हजार ८३८ पटक खरिदबिक्री हुँदा रु ६ अर्ब २९ लाख ३१ हजार ८५४ बराबरको कारोबार भएको छ । विकास बैंक समूह ० दशमलव २४, वित्त समूह २ दशमलव ०७ र व्यापार समूह २ दशमलव २३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । बैंकिङ ० दशमलव ७८, होटल तथा पर्यटन २ दशमलव ९६, जलविद्युत् ० दशमलव ०१, लगानी १ दशमलव ८५ र जीवन बीमा १ दशमलव ५२ प्रतिशतले बढेको छ ।

jutta mela

उत्पादन तथा प्रशोधन १ दशमलव १७, लघुवित्त १ दशमलव ४६, म्युचुअल फण्ड ० दशमलव ३२, निर्जीवन बीमा १ दशमलव ३२ र अन्य समूहको उपसूचक २ दशमलव २५ प्रतिशतले बढेको छ । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ५ दशमलव २५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २१ करोड ७१ लाख ४८ हजार ८०१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ४ लाख ७५ हजार ७३० कित्ता शेयर किनबेच भएको छ । रासस

You might also like

Comments are closed.