चन्द्रागिरि साकोसको वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा कार्यशाला सम्पन्न

काठमाडौं । चन्द्रागिरि वचत तथा ऋण सहकारी संस्थाको आ.व. २०८१/०८२ को वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा कार्यशाला सम्पन्न भएको छ ।

कार्यक्रममा सहकारी विभागका उपरजिष्ट्रार टेकराज अर्यालले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका समस्याहरु र त्यसका समाधानका उपायका साथै सहकारी विभागले जारी गरेका विभिन्न निर्देशनको बारेमा कार्यपत्र प्रस्तुत गरेका हुन् । उपरजिष्ट्रार अर्यालले ०.१२% सहकारी संस्थामा समस्या आउँदा सम्पूर्ण सहकारीहरु बदनाम हुन परेको हुँदा ऐन नियमावली र विभागले जारी गरेका निर्देशनहरु पालना गरेर सहकारी संस्थाहरु सञ्चालित हुनुपर्ने बताए ।

कार्यपत्रमाथि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले टिप्पणी गरे । प्रमुख गिरीले सहकारीले उत्पादक कृषकलाई उपभोक्तासंग सिधै जोड्ने कार्य सहकारी संस्थाले गनुपर्ने कुरामा जोड दिए । कार्यपत्र र टिप्पणीबाट आगामी आ.व. २०८१/०८२ को चन्द्रागिरि साकोसको कार्ययोजना तथा बजेटको लागि मार्गनिर्देशन समेत प्राप्त भएको छ ।

jutta mela

साकोसको आ.व. २०८१/०८२ को प्रस्तावित कार्ययोजना अनुमातित बजेटको खाका छलफलका लागि प्रस्तुत भएको छ । प्रस्तावित बजेट अनुसार आ.व. २०८१/०८२ मा संस्थाको कुल कारोबार रु. ३ अर्व ९० करोड पुर्याउने लक्ष्य राखिएको छ भने जम्मा २२ हजार ५ सय नागरिक सामु सेवा पुर्याउने लक्ष्य लिइएको छ । कार्यक्रम तथा बजेटको मस्यौदाको क्रममा संस्थाका सदस्य, सञ्चालक, सल्लाहकार, अन्य उपसमितिहरु र सरोकारवाला बीच आगामी वर्षको लागि तर्जुमा गरिने कार्यक्रम तथा बजेटका विषयमा सर्वेक्षणमार्फत जानकारी सङ्कलन गरिएको छ ।

कार्यक्रम तथा बजेट कार्यशालाका सहभागी बीच संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक भानुप्रकाश ढकालको अध्यक्षतामा छलफल गरी प्रस्तावित कार्यक्रम तथा बजेटको मस्यौदालाई अन्तिम रुप दिनको लागि प्यानल छलफल मोडेलमा कार्यक्रम सञ्चालन गरिएको हो । प्यानलिस्टकोे भुमिकामा संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवर, टिप्पणीकर्ताको रुपमा संस्थाका सल्लाहकार डा. रामजी न्यौपाने, कार्यसम्पादन सूचकाङ्क, ‘कार्यक्रम तथा बजेट’ विषयक छलफलको अध्यक्षता संस्थाका उपध्यक्ष हरिहर सिग्देल, प्यानलिस्टको भुमिकामा संस्थाका सहसचिव शरद कुँवर र टिप्पणीकर्ताको रुपमा प्रा.डा. आनन्दकुमार शर्मा र प्रा.डा. रामशरण पाठक रहेका थिए ।

संस्थाका निवर्तमान अध्यक्ष शिवशंकर मानन्धर, सल्लाहकार विष्णु गोपाल खत्री, लेखा सुपरिवेक्षण समितिका सदस्य ईन्द्रबहादुर महर्जन, सञ्चालक सदस्य सुबास श्रेष्ठ, उपसमिति सदस्यहरु त्रिपुरालक्ष्मी जोशी, रेखा तुलाचन, रिजु मानन्धर लगायतले आफ्ना धारणा राखेका छन् । कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार परिषद, विभन्न उपसमिति र कर्मचारी लगायत सहभागी थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले आ.व. २०८०/०८१ को संस्थाको प्रगतिको समिक्षा र आगामी आ.व.का. कार्यक्रम तथा बजेटको मस्यौदा, नायब प्रमुख कार्यकारी अधिकृत कविन्द्र धौबन्जार र व्यवस्थापक सुमित्रा त्रिपाठी कार्यक्रम व्यवस्थापनको सहजिकरण गरेका हुन् ।

कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवर जेठ २१ देखि ३२ तदनुसार जुन ३ देखि १४ सम्म स्विजरल्याण्डको जेनेभामा सम्पन्न अन्तराष्ट्रिय श्रम संगठनको ११२ औं International Labor Conferenc df  Governing Body को निर्वाचनबाट श्रमिकको तर्फबाट Substitute Member को रुपमा निर्वाचित भएकोमा अभिनन्दन पत्रले सम्मान गरिएको छ ।

You might also like

Comments are closed.