बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत सहयोग

पोखरा । अबिरल वर्षाका कारण सेती नदीमा आएको बाढीले प्रभावित पोखरा महानगरपालिका १४, गोस्तेका पीडितलाई रोल्पा पोखरा सम्पर्क समाजले राहत वितरण गरेको छ ।

नदीको बहाव बढ्दा गत असार २२ गते गोस्ते सेती किनारमा रहेका करिव ४० घर प्रभावित भएका छन् । बाढीले १५ घरपरिवार विस्थापित भएको र त्यसमध्ये अति प्रभावित विपन्न वर्गका ८ घरपरिवारलाई राहत वितरण गरिएको समाजका पूर्वअध्यक्ष सुन्दर बुढामगरले जानकारी दिए ।

उनका अनुसार बाढी पीडितलाई चामल, दाल, तेल, नुन लगायतका सामग्री सहयोग गरिएको हो । नदी किनारमा रहेका घरहरु निकै जोखिममा छन् । बाढीले कतिपय घर बगाएको हुदा समाजका सदस्यहरु मिलेर पीडितलाई सहयोग गरेको बुढामगर बताउँछन् ।

 

lcci
You might also like

Comments are closed.