शेयर बजारः दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक ० दशमलव ७३ प्रतिशतले बढेर २१ सय ५२ दशमलव १४ अङ्कमा पुगेको नेप्सेले जनाएको छ ।

विभिन्न ३१६ कम्पनीका ११ लाख ६६ हजार ११ सय ८ कित्ता शेयर रु ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८८५ मा कारोबार भएको छ । आजको कारोबारमा गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साथै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ९१, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ७९ र सबैको लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ० दशमलव १५ प्रतिशतले बढेको छ ।

त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२को शेयर मूल्य ५ दशमलव ४७, नेपाल फाइनान्सको ४ प्रतिशत, बोटलर्स नेपाल (बालाजु) को शेयर मूल्य ३ दशमलव ९० प्रतिशतले घटेको छ । रासस

lcci
You might also like

Comments are closed.