पोखरा । बाबा फाउण्डेशन नेपाल र रोटरी क्लब अफ पोखरा लेकसाईड बीच सहकार्यका लागि सम्झौता भएको छ । रोटरी क्लब अफ पोखरा लेकराईडको नवौं पदस्थापन समारोहको अवसरमा फाउण्डेशन र क्लब बीच बर्ष २०२४/२५ मा बालबालिका, वातावरण लगायतका विविध पक्षमा सहकार्य गर्ने गरी सम्झौता भएको हो ।
सम्झौंता पत्रमा उल्लेख भए अनुरुप फाउण्डेशन र क्लबको संयुक्त आयोजनामा पोखरा आसपासका क्षेत्रमा बालबालिका, वातावरणका साथसाथै साक्षरता, खानेपानी, सरसफाई लगाएतका क्षेत्रमा संयुक्त रूपमा कार्य गर्ने गरी सम्झौता गरिएको फाउण्डेशनका सचिव टंकराज अधिकारीले जानकारी दिए ।
सम्झौता पत्रमा बाबा फाउन्डेसन नेपालका तर्फबाट संस्थापक अध्यक्ष दिलीपराज श्रेष्ठ र रोटरी क्लब अफ पोखरा लेकसाईडको तर्फबाट अध्यक्ष उपेन्द्र अधिकारीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । फाउण्डेशनका अध्यक्ष श्रेष्ठ र रोटरी क्लब अफ पोखरा लेकसाईडका अध्यक्ष अधिकारीले यस सम्झौताले पोखरा र वरपरका क्षेत्रमा स्वास्थ्य, शिक्षा, बालबालिका, वातावरण र सरसफाईका क्षेत्रमा सहकार्य गर्न टेवा पुग्ने बताए ।




Comments are closed.