ज्ञानोदय आधारभूत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका २ ज्यामिरकोटस्थित ज्ञानोदय आधारभूत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिएको छ । चालु आ.व. २०८०/८१ को छात्रवृत्ति रकम वितरण गरेको विद्यालयले जनाएको छ ।

प्रमुख अतिथि पाँचखाल नगरपालिकाका स्रोतव्यक्ति धनबहादुर बस्नेतले यस कार्यक्रमले विद्यार्थीमा पढाईमा आकर्षण बढ्ने र केही मात्रामा भएपनि उनीहरुलाई पठनपाठनमा सहयोग पुग्ने बताउँछन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रल्हाद दाहालले छात्रवृत्ति रकमले बालबालिकालाई पठनपाठनमा सघाउ पुग्ने बताए ।

प्रधानाध्यापक मेघनाथ अधिकारीले सहभागी सबैलाई धन्यवाद दिदै पछिल्लो समय विद्यालयमा सहयोगी हातहरु बढ्दै गएको बताए । विद्यालय अब हरेक कुरामा सम्पन्न हुँदै गएकाले स्थानीय अभिभावकले गुणस्तरीय शिक्षाको लागि अन्यत्र भौतारिनुपर्ने अवस्था नरहेको उनी बताउँछन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य सोकनाथ गौतम र जुनुमाया तामाङ तथा पि.टिम.ए.का अध्यक्ष शेरबहादुर तामाङ, अभिभावक लगायत सहभागी थिए ।

 

You might also like

Comments are closed.