सुनको मूल्य स्थिर, चाँदी रु १५ ले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज मङ्गलबारको मूल्यमा सुनको कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु १ लाख ४४ हजार १०० कारोबार भइरहेको छ ।

यसैगरी, तेजाबी सुन प्रतितोला रु १ लाख ४३ हजार ४ सय कायम भएको छ । चाँदीको मूल्य रु १५ ले घटेर १८ सय ७० मा किनबेच भइरहेको महासङ्घले बताएको छ ।

मङ्गलबार चाँदी प्रतितोला रु १८ सय ८५ मा खरिदबिक्री भएको थियो । रासस

You might also like

Comments are closed.