नेप्से परिसूचक २३ दशमलव २५ अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव ०८ प्रतिशतले बढेर २१ सय ७५ दशमलव ४० को बिन्दुमा कायम भएको हो ।

आज ३२२ कम्पनीको एक करोड ५२ लाख ९६ हजार ७३९ कित्ता शेयर ७२ हजार ७१४ पटक खरिदबिक्री हुँदा रु ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार बराबरको कारोबार भएको छ । विकास बैंक समूह ० दशमलव २९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैकिङ समूह १ दशमलव ६९ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा १० दशमलव २५ प्रतिशत एसबिएल डिबेञ्चर–२०८३ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको रु १५ करोड ८ लाख ९९ हजार ८५९ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी उन्नती कोषको १० लाख ७ हजार ३५० कित्ता शेयर किनबेच भएको छ । रासस

 

You might also like

Comments are closed.