निःशुल्क स्वास्थ्य शिविरमा ५ सय बढीले सेवा लिए

पोखरा । पद्म नर्सिङ होम प्रा.लि.ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय भन्दा बढिले सेवा लिएका छन् । पोखरा महानगरपालिका वडा नम्वर ३ को सहकार्यमा शनिबार हस्पिटल प्राङ्गणमा भएको शिबिरबाट ५ सय बढी सेवाग्राहीले सेवा लिएका छन् ।कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका ३ का वडाध्यक्ष प्रकाशमान उदासले बरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरी शिविर शुभारम्भ गरेका हुन् ।

शिविरमा ५ सय भन्दा बढीको स्वास्थ्य परिक्षण गरिएमा १४३ जना जनरल मेडिसिन र मुटु, ९५ आँखा, ५५ जना हाडजोर्नी तथा नसारोग, ७२ जना स्त्रीरोग, ४४ जना नाक कान घाँटी रोग, ५८ जना बालरोग, ३५ जना सर्जिकल र १६ जना बाल दन्तरोग बिरामीहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको प्रालिका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोला जानकारी दिए । शिविरमा ११८ जनाको भिडियो एक्सरे, १५२ जनाको ल्याब परिक्षण, ९५ जनाको मुटुको इसिजी र ६६ जनाको एक्सरे गरिएको छ । बिरामीका लागि आवश्यक औसधी समेत निःशुल्क वितरण गरिएको नर्सिङ होमले जनाएको छ ।

शिविरमा बरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठ, बरिष्ठ रेडियोलोजिष्ट डाक्टर कालु शर्मा सुबेदी, बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर नारायण गौतम, फिजिसियन डाक्टर सुदर्शन सुवेदी र डाक्टर राजेन्द्र पौडेल, बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डाक्टर महेन्द्रराज पाण्डे र डाक्टर सरिता गुरुङ, बरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदिप नारायण अग्रहरी र डाक्टर अम्बालिका शाक्य, बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर रामचन्द्र बास्तोला र डाक्टर राजन पौडेल, बरिष्ठ जनरल सर्जन डाक्टर ओमबहादुर कार्की, बाल दन्तरोग बिशेषज्ञ डाक्टर भावना सिग्देल, हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डाक्टर नितेश मण्डल, मेडिकल अफिसर डाक्टर आश्ना बाटाजु, डाक्टर बिज्ञान कोइराला, डाक्टर स्वराज श्रेष्ठ लगायतका चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए भने प्रालिमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले सेवा दिएका हुन् ।

स्वास्थ्य शिविर कार्यक्रमको शुभारम्भ गर्दै वडाध्यक्ष उदासले स्वास्थ्य संस्थाहरुले आफ्नो सेवालाई सहज र प्रभावकारी बनाउदै सेवामुलक रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए । पद्म नर्सिङ्ग होमसँगको सहकार्यमा आफ्नो वडाका नागरिकलाई घरदैलोमा नै निःशुल्क उपचारको व्यवस्था गर्न पाउदा खुसी लागेको उनले बताए । आगमी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिदै अध्यक्ष उदासले सेवामुलक संस्थाले आफ्नो दाहित्व भुल्न नहुने बताए । नर्सिङ्ग होमका अध्यक्ष इन्दिरा शर्मा सुबेदीले नागरिकको सहज स्वास्थ्य सेवा आफुहरुको उद्धेश्य रहेको भन्दै विपन्न र असहाय नागरिकलाई सुलभ स्वास्थ्य सेवा दिन आफुहरु प्रयत्नशिल रहेको बताईन् ।

प्रा.लि.का प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले स्वास्थ्य संस्थाहरुको उत्तरदायित्व नाफामुलक मात्रै नभएकाले सेवा भावलाई अगाडि बढाउन आफ्नो संस्था तयार रहेको भन्दै गाउँघरका दुरदराजमा रहेका जनतासम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउन आफुहरु लागिरहने बताए । उनले यस निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिएका र थप उपचार गर्नुपर्ने अवस्था देखिएका बिरामीलाई विशेष छुटका साथ थप उपचार गराउने समेत बताए । गतबर्ष मात्रै न्युरोडबाट पोखरा ३ नदिपुरस्थित आफ्नै भवनमा सरेको नर्सिङ्ग होमले आफ्ना सेवालाई थप गर्दै लाने क्रममा छिट्टै डायलसिस सेवा समेत सुरु गर्न लागेको व्यवस्थापक नरेश पौडेलले जानकारी दिए ।

You might also like

Comments are closed.