गण्डकीमा पाडी, बाच्छी हुर्काउन कास्कीका किसानलाई ८५ लाख अनुदान

कास्की । गण्डकी प्रदेश सरकारले किसानलाई पाडी, बाच्छी हुर्काउन नगद अनुदान दिएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा पाडी, बाच्छी हुर्काउन किसानलाई रु ८४ लाख ९९ हजार ८०७ अनुदान प्रदान गरेको हो ।

केन्द्रले पोखरा महानगरका १५ वडा तथा मादी गाउँपालिका र रुपा गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको थियो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेले ६३७ किसानलाई ९६५ वटा पाडीबाच्छी हुर्काउन रु १० हजारका दरले सहयोग गरिएको बताए । उनले यस कार्यक्रमका लागि रु ८५ लाख बजेट विनियोजन गरिएकामा शतप्रतिशत खर्च भएको जानकारी दिए ।

“दूध उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ किसानलाई आफ्नै गोठ र फार्ममा बाच्छी, पाडी हुर्काएर दूध उत्पादनमा उत्प्रेरित गर्न प्रोत्साहन रकम दिएका हौँ । यसबाट किसान खुसी हुनुहुन्छ”, केन्द्र प्रमुख पाण्डेले भने । अनुदान कार्यक्रमले विदेशबाट गाईभैँसी आयात गर्नुपर्ने अवस्थाको विस्तारै अन्त्य छ । कास्कीका यस कार्यक्रम विगत तीन वर्षदेखि कार्यान्वयन भइरहेको छ ।

यसैगरी केन्द्रले चालु आवमा दूध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रममा रु एक करोड ४९ हजार ७३८ किसानलाई अनुदान दिएको छ । किसानलाई प्रतिलिटर २ रुपैयाँ ५० पैसाका दरले प्रोत्साहन रकम प्रदान गरिएकोे जनाइएको छ । रासस

You might also like

Comments are closed.