अर्थपथ डटकमका सम्पादक तारुकेलाई ‘राष्ट्रिय पत्रकारिता सम्मान’

काठमाडौं । ‘अर्थपथ डटकम’ का सञ्चालक तथा सम्पादक विष्णु तारुके राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित भएका छन् । सेलिब्रेटी नेपालले आयोजना दोस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड–२०८० को अवसर पारेर आर्थिक पत्रकार तारुकेलाई राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित गरिएको हो ।

शुक्रबार राजधनीमा आयोजित कार्यक्रममा पूर्व उप–प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सो सम्मान प्रदान गरेका हुन् । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । समाजको परिवर्तनका लागि पत्रकारिता पुर्याएको योगदानको उच्च मूल्याङ्नसहित उनलाई सम्मान गरिएको हो ।

प्रेस चौतारी नेपालका केन्द्रिय सचिव समेत रहेका तारुके त्रिशुली प्रवाह साप्ताहिक पत्रिकाका समेत सम्पादक हुन् । उनले मोफसलदेखि केन्द्रिय स्तरमा समेत विगत २३ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । उनी पत्रकारीता क्षेत्रमा प्रवेश गर्न चाहानेहरुका लागि मार्ग निर्देशक समेत हुन् ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री पोखरेलले नेपाली कला र संस्कृतिको संरक्षणमा कलाकारहरुको महत्वपूर्ण भूमिका हुने बताए । ‘समाज रुपान्तरणमा पत्रकार र कलाकारको अतुलनीय भूमिका हुन्छ । नेपाली भाषा, धर्म, संस्कृति र पहिचान जोगाउनु आजको आवश्यता हो’, पोखरेलले भने,‘ म सम्पूर्ण कलाकर्मी साथीहरुलाई भन्न चाहान्छु, देशको रक्षा आज सबैभन्दा ठुलो कर्तव्य हो ।

भुराजनीति सम्वेदनशीलताले किच्न खोजेकाले यसप्रति सचेत र सम्वेदनशील हुन आव्हान समेत गरे । उनले भने, ‘हाम्रो देश कहिल्यै कसैको गुलाम भएन । त्यसैले स्वतन्त्रता दिवस मनाउँदैनौं । हामीलाई भूराजनीति सम्वेदनशीलताले किच्न खोज्दै छ । यसमा हामी पनि सचेत हुनुपर्छ ।’ पार्टी, सिद्धान्त छोडेर कलाकाहरु पनि राष्ट्र निर्माणमा एक हुनुपर्ने पोखरेलले बताए ।

कार्यक्रममा विभिन्न विद्याका रंगकर्मी कलाकारहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । गत वर्ष २०७९ मा प्रदर्शनमा आएका चलचित्र र गीत संगीत समाबेश गरेर उत्कृष्टलाई अवार्ड तथा सम्मान प्रदान गरिएको हो । २३ वटा विधामा दर्जनौं चर्चित तथा नव कलाकारहरु सम्मानित भएका छन् ।

You might also like

Comments are closed.