काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव १८ अङ्कले घटेर २ हजार २४० दशमलव ४१ को विन्दुमा कायम भएको हो ।
आज ३३२ कम्पनीको २ करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर १ लाख २ हजार ३७२ पटक खरिदबिक्री हुँदा रु ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ बराबरको कारोबार भएको छ ।
आज जलविद्युत् समूह ० दशमलव ७३, लगानी १ दशमलव ७०, उत्पादन तथा प्रशोधन ० दशमलव १२ र म्युचुअल फण्ड १ दशमलव ६७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ १ दशमलव ४८, विकास बैंक १ दशमलव ८९, वित्त ० दशमलव ५२, होटल तथा पर्यटन १ दशमलव ७६ र जीवन बीमा समूह १ दशमलव ६५ प्रतिशतले घटेको छ । लघुवित्त १ दशमलव ४१, निर्जीवन बीमा ० दशमलव ९१, व्यापार ० दशमलव ५२ र अन्य समूह १ दशमलव १९ प्रतिशतले घटेको छ ।
सिभिल बैंक डिभेञ्चर–२०८८ र माण्डु हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको रु ३७ अर्ब ८ करोड ७२ लाख ५८९ बराबरको २१ लाख ७४ हजार ७२८ कित्ता शेयर किनबेच भएको छ । रासस
Comments are closed.