काठमाडौं । रोटरी डिष्ट्रिक ३२९२ को महिला नेतृत्वको सफलतापूर्वक हस्तान्तरण भएको छ । काठमाडौंमा सम्पन्न कार्यक्रममा रोटरी बर्ष २०२३‐२४ का महिला नेतृत्वका संयोजक हेमाकुमारी अधिकारीले बर्ष २०२४‐२५ का संयोजक डा. सुनिती आचार्यलाई पद हस्तान्तरण गरिन् ।
रोटरी बर्ष २०२३‐२४ का महिला नेतृत्व संयोजक अधिकारीले गत बर्ष महिला सशक्तिरणको लागि दर्जन बढी कार्यक्रम आयोजना गरेको जानकारी दिइन् । जसमध्ये महिलालाई उत्प्रेरणा प्रदान गर्नको लागि विभिन्न सफल महिलाको सफलताको कथा सुनाउने कार्यक्रम आयोजना गरिएको थियो भने समाजमा राम्रो काम गर्ने महिलालाई हौसला दिनको लागि अभिनन्दन पनि गरिएको बताइएको छ ।
महिलाको सशक्तिकरणलाई प्राथमिता दिदै विभिन्न विज्ञहरुसंग अन्तक्र्रिया गरेर सल्लाह सुझाव दिने र लिने कार्यक्रम आयोजना पनि गत बर्ष गरिएको हो । स्वास्थ्य नै धन हो भन्ने नाराका साथ महिलालाई विभिन्न खालका स्वास्थ्य शिक्षा, महिलाको नेतृत्व विकास गरी उद्यमशिलाताको विकास गर्नका लागि सम्भावित चुनौति र अवसर, देशको आर्थिक विकासका लागि महिलाको भूमिका सम्बन्धमा अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।
संयोजक अधिकारीले गत बर्ष आयोजना गरिएका कार्यक्रममा देशको विभिन्न निकायमा नेतृत्व गरिसकेका बिज्ञहरु पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री, सांसद डा. स्वर्णिम वाग्ले, पूर्व सचिव डा. शंकर कोईराला, नेपालको पहिलो महिला डिष्ट्रिक गर्भनर जया राज्यलक्ष्मी शाह, महिलावादी वत्ताहरु लिली थापा, सरु जोशी लगायत अन्य विभिन्न व्यक्तिहरु कार्यक्रममा उपस्थित भई सल्लाह, सुझाव दिदै महिलालाई नेतृत्व लिनको लागि उत्प्रेरित गरेको बताइन् ।






Comments are closed.