काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ०४ अङ्कले बढेर २ हजार ३६४ दशमलव ६३ को विन्दुमा कायम भएको हो ।
आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ किता शेयर १ लाख ४९ हजार ६८१ पटक खरिदबिक्री हुँदा रु १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ बराबरको कारोबार भएको हो ।
आज व्यापार समूहको उपसूचक सबैभन्दा धेरै ७ दशमलव ३० प्रतिशतले बढेको छ । आजको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिटिजन म्युचुअल फन्ड २ को सबैभन्दा धेरै ९ दशमलव ९० प्रतिशतले घटेको हो ।
सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै २३ करोड ५५ लाख ८१ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १२ लाख २९ हजार ८८४ कित्ता सेयर किनबेच भनेको छ । रासस
Comments are closed.