पोखरा बहुमुखी क्याम्पसमा युनाइटेड क्लवद्वारा अक्षयकोष स्थापना

पोखरा । युुनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई लक्षित गरी रु एक लाखको अक्षयकोष स्थापना गरेको हो ।

अक्षयकोषका लागि क्लवका अध्यक्ष राजु श्रेष्ठ, क्लबका शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिना लगायतले क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्र लालचन, क्याम्पस प्रमुख सिशुकला पराजुली, क्याम्पस आइ क्यू ए सी प्रमुख महेन्द्रप्रसाद रिमाललाई चेक हस्तान्तरण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र लालचनले युुनाइटेड क्लबले जेहेन्दार विद्यार्थी अध्ययन गर्ने पोखरा बहुमुखी क्याम्पसमा आएर अक्षयकोष स्थापना गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । क्लबको सहयोगले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई कालान्तरसम्म शिक्षामा सहयोग पुुग्ने उनको भनाइ छ ।

क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटनको क्षेत्रमा पुु¥याएको योगदानको कदर गर्दै क्याम्पसमा दिउँसोको समयमा विभिन्न ठाउँमा जागिर गर्दै बिहानको समयमा विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन् । क्लबको सहयोगले उनीहरुको शिक्षामा थप उर्जा मिलेको समेत लालचन बताउँछन् । क्याम्पस प्रमुख सिशुकला पराजुलीले शिक्षाबाट वञ्चित भएका जोकोही विद्यार्थीलाई शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरेको पोखरा बहुमुखी क्याम्पसको अभियानमा जोडिन पुुगेकोमा युनाइटेड क्लव परिवारप्रति आभार प्रकट गरिन । क्लबले युवाको जाँगर राष्ट्र निर्माणको आधार भन्ने मुल अभिप्रायका साथ अगाडी बढेकाले त्यसको सिको गर्न समेत विद्यार्थीलाई पराजुलीले आग्रह गरिन् ।

क्याम्पस आइ क्यू ए सी प्रमुख महेन्द्रप्रसाद रिमालले युनाइटेड क्लबले देशभरीमा सामाजिक काम गर्दै आइरहदा क्याम्पसको शैक्षिक विकासको लागि अक्षयकोष स्थापना गरेकोमा आभार प्रकट गरे । अक्षयकोषले विद्यार्थीले विउको रुपमा लिनुपर्ने बताउदै पोखरा महोत्सवमा टिकट काटेर सहभागी भएकालाई सो रकम फिर्ता अभियानका रुपमा आफुले लिएको बताए । आगामी मङ्सीर १६ गते क्याम्पसको वार्षिकोत्सवको अवसरमा अक्षयकोषबाट जेहेन्दार तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रबृत्ति वितरण कार्यक्रममा क्लबलाई समेत निमन्त्रणा गर्ने रिमालले बताए ।

क्याम्पसमा अध्ययनरत छात्रा अस्मिता ठकुरीले क्लबले आफुहरुको क्याम्पसमा आएर अक्षयकोष स्थापना गरी विद्याथीलाई पढाइप्रति लगाव राख्न थप मद्धत गर्ने बताउँछिन् । क्लबका अध्यक्ष राजु श्रेष्ठले क्लबले स्थापनादेखि हालसम्म आइपुुग्दा एक दर्जन बढी विद्यालयमा आर्थिक अभावका बावजुद पनि जेहेन्दार रुपमा पढाइ गरिरहेका विद्यार्थीलाई लक्षित गरी अक्षयकोष स्थापना गरिसकेको बताउँछन् । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र प्राकृतिक प्रकोप र विपदमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनी बताउँछन् ।

पछिल्लो समय नेपालबाट उच्च शिक्षाको नाममा विदेशिने क्रम बढ्दै जाँदा विद्यार्थीले पनि व्यवहारिक शिक्षाका लागि पहल कदमी थाली स्वदेशमै व्यवहारिक शिक्षाको लागि सरकारलाई सचेत गराउन विद्यालय स्तरबाटै विद्यार्थीहरु लाग्नुपर्नेछ । क्लबका पूर्व अध्यक्ष सुकबहादुर गुरुङ, क्लबका कोषाध्यक्ष सुुर्यबहादुर बानिया, क्लबका कार्यसमिति सदस्यहरु सन्तोष कार्की, जयराम आचार्य लगायतको सहभागीता रहेको कार्यक्रममा शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिनाले स्वागत गरेको कार्यक्रमको सञ्चालन युनाइटेड क्लबका महासचिव दिनेश सुनारले गरेका हुन् ।

 

You might also like

Comments are closed.