वायुसेवा निगमद्वारा २ कोषलाई ४३ करोड भुक्तानी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज खरिदको किस्तावापतको रु ४३ करोड ९ लाख ५५ हजार २८१ भुक्तानी गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार २ न्यारोबडी जहाजको असार महिनाको किस्तावापत पूरा र वाइडबडी जहाजको आंशिकगरी असार मसान्तसम्मको रकम भुक्तानी गरेको हो । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर २ न्यारोबडी र २ वाइडबडी जहाज खरिद गरेको थियो ।

निगमको पछिल्लो व्यवस्थापन सम्हालेयता २०८१ असारसम्म रु ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ किस्ता रकम भुक्तानी गरिएको विज्ञप्तिमा जनाइएको छ । निगमले कोरोना महामारीका कारण निगमको व्यापारमा प्रतिकूल असर परेकाले उक्त अवधिको व्याजको व्याज, हर्जाना र जरिमाना छुट गरिदिन दुई कोषलाई अनुरोध गरेको छ ।

साथै किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाई सहजीकरण गरिदिन निगमले दुवै कोषलाई अनुरोध पत्र पठाइएको निगमले जनाएको छ । रासस

You might also like

Comments are closed.

Secret Link