विश्वमै धेरै क्लब चाटर्ड गर्न सफल लायन्स डिष्ट्रिक ‘जे’ की गभर्नर थापा सम्मानित

काठमाडौं । लायन्स अन्तर्राष्ट्रियले लायन्स डिष्ट्रिक ‘जे’की गभर्नर मिलन थापालाई सम्मान गरेको छ । लायन्स क्लब अन्तर्राष्ट्रियले तोकेको समय सीमा भित्रमा विश्वमै सबैभन्दा धेरै १७ वटा भन्दा बढी क्लबहरु १८ दिनमा नै स्थापना (चार्टर्ड) गर्न सफल डिष्ट्रिक ३२५ ‘जे’ नेपालकी गभर्नर थापालाई सम्मान गरेको हो ।

लायन्स अन्तर्राष्ट्रियले तोकेको जुलाई १८ भित्र विश्वमै सबैभन्दा बढी १७ क्लव स्थापना चार्टर) गर्न सफल भएकी थापालाई लायन्स अन्तर्राष्ट्रिका अध्यक्ष फोब्रिसियो वलिभेराले बिहिबार आयोजित एक कार्यक्रमका बीच ‘हाईएस्ट क्लव चार्टर अवार्ड’ बाट सम्मान गरेको बताइएको छ ।

लायन्स अन्तर्राष्ट्रियको मिसन टास्क अन्तर्गत तोकिएको समय सिमाभित्र चार्टर भएका क्लब संख्याका आधारमा विश्वभरीमा सबैभन्दा धेरै क्लब चार्टर गर्न सफल गभर्नर थापालाई अन्तर्राष्ट्रिय अध्यक्ष फोब्रिसियो वलिभेराले काठमाडौंमा आयोजित कार्यक्रमा सम्मान गरेको डिस्ट्रीक्ट जे का मार्केटिङ्ग चिफ शोभाकान्त बस्यालले जानकारी दिए ।

कार्यक्रममा लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष फेब्रीसियो ओलिभेरा, उनको प्रथम लेडि अमार्लेस ओलिभेरा पुर्व अन्तर्राष्ट्रिय डाइरेक्टर सन्जय खेतान, वर्तमान अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, नेपालका सबै गभर्नरहरु लगायत नेपालका पहिलो लियो प्रेसिडेन्ट, व्यवसायी तथा सांसद बिनोद चौधरी लगायत सहभागी थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.