कुमुदिनी होम्स माविमा शैक्षिक परामर्श कार्यक्रम

पोखरा । पोखराको गैह्रापाटनमा रहेको प्रसिद्ध विद्यालय कुमुदिनी होम्स माध्यमिक विद्यालयमा दुईवटा शैक्षिक परामर्शका कार्यक्रम सम्पन्न भएका छन् । बिहानको पहिलो सत्रमा कक्ष ८ देखि ९ सम्मका विद्यार्थीका लागि र पूर्वान्ह ११ वजेदेखि कक्षा ११ का विद्यार्थीलाई उनीहरुका अभिभावकसंगै शैक्षिक परामर्शको कार्यक्रम गरिएको हो ।

सो अवसरमा विद्यार्थी र अभिभावकलाई सहायक प्राचार्य मुकेश अधिकारीले टीका, मनबहादुर भुजेलले खादा तथा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले फूलमाला लगाएर स्वागत गरिएको छ । अध्यक्ष पालिखेले पढाईकासाथै जीवनको लक्ष्य सधैं उच्च राख्न विद्यार्थीलाई आग्रह गरे । अत्याधुनिक प्रविधियुक्त प्रयोगशालासंगै विज्ञानको शिक्षा, व्यवस्थापन र रोजगार ग्यारेन्टी हुने होटल म्यानेजमेन्टको पढाई पनि गर्नेछन् । नेपाली संस्कार, संस्कृति र प्रकृति, वातावरण र सभ्यताको अध्ययन अनुभव गर्न पाउनेछन् ।

पालिखेले कक्षा ११ का व्यवस्थापन, साईन्स र होटल म्यानेजमेन्टका गरी १६० विद्यार्थी सो शैक्षिक परामर्शको कार्यक्रममा आफ्ना अभिभावकसंगै उपस्थित भएको जानकारी दिए । काठमाडौंबाट आएका वरिष्ठ शिक्षाविद्, एनएलपि कोच जोसबहादुर निरौलाले विद्यार्थीहरु अब १० वर्षे स्कुले जीवनबाट माथिको खुड्किलोमा उक्लिएकाले नयाँ ढंग, नयाँ जोशले कौतुहलताका साथ अध्ययनमा समर्पित हुनुपर्ने बताउँछन् ।

प्लस टु बिज्ञान सङ्काय संयोजक कृष्ण अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सहप्राचार्य मुकेशकुमार अधिकारीले विद्यार्थी अब देशका मात्रै नभएर ग्लोबल सिटिजन भइसकेकाले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहुँच पुर्याउने गरी लगनशील भएर अध्ययन गर्नुपर्ने बताए । अबको दुई वर्षमा विद्यार्थीको, लगनशीलता र विद्यालयको पढाईले विद्यार्थीलाई बिचलित नभई कर्तव्यवोध गराउने अधिकारीको भनाई छ ।

सहप्राचार्य मनबहादुर भुजेलले प्रतिष्पर्धी बजारको भिडमा यस विद्यालयमा बालबालिकालाई अध्ययन गर्न ल्याउने अभिभावकलाई आभार व्यक्त गर्दै उनीहरुलाई सही गन्तव्य देखाउने जिम्मेवारी आफुहरुको भएको बताए । २०४४ सालमा स्थापना भएको विद्यालय ३७ औं वर्षमा चलिरहेको छ । यहाँ पढेका विद्यार्थीहरु पियु, टियु, इन्जिनियरिङ कलेजमा स्कलरसिपमा पढिरहेका छन् । साथै उनले उनीहरु केही यूरोप, अमेरिका, जापान लगायतका देशमा पढिरहेको बताए ।

विद्यार्थीले भुल्नै नहुने कुराहरु चारवटा डि– डिजाई, डिसिप्लिन, डेडिकेशन र डिग्निटी हुन् यसैमा अडिग रहे सफलताबाट बिमुख हुनु पर्दैन ।म्यानेजमेन्ट सङ्कायका संयोजक विकास ढुंगानाले व्यवस्थापकीय पक्षका बारेमा जानकारी दिए । उनले व्यवस्थापन, होटल म्यानेजमेन्टबारे सुझाउदै अति आवश्यक तथा जेहेन्दार विद्यार्थीलाई स्कलरसिपको व्यवस्था रहेको बताए ।

साइन्सका संयोजक कृष्ण अधिकारीले साइन्सको पढाई र विद्यार्थीको नतिजा उत्कृष्ट रहँदै आएको र आगामी दिनमा पनि विज्ञान शिक्षण सिकाइका लागि कुनै कसर बाँकी नराख्ने बताए । संस्थापक अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीले विभिन्न भेषभुषामा सजिएर नृत्य प्रस्तुत गरेका थिए ।

You might also like

Comments are closed.