काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजारले नै सरकारप्रति जनताको विश्वास र भरोसा देखाएको बताएका छन् ।
आइतबार संसदमा विश्वासका मत माग्दै सम्बोधन क्रममा प्रधानमन्त्री ओलीले हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण सेयर बजार हो, अब सेयर बजार मात्रै नभएर देशको पूरै बजार चलायमान हुने बताए ।
आफ्नो नेतृतवको सरकार बनेपछि अर्थतन्त्रको ऐनमा मानिने सेयर बजार हरियो भएको प्रधानमन्त्री ओलीले बताए ।
५० लाखभन्दा बढी लगानीकर्ता संलग्न सेयर बजार २ सातामा ४ सय अङ्क भन्दा धेरैले बढेको र नेप्से २७ महिनायताकै उच्च भएको प्रधानमन्त्री ओलीको भनाई छ ।
Comments are closed.