डेलिज डेरिजमा लगानी गर्दै ‘एनआईबिएल इक्विटी पार्टनर्स’

काठमाडौं । नेपालको अग्रणी प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग रु. ९ करोड ५० लाख को लगानी सम्झौतामा हस्ताक्षर गरेको छ । एनआईबिएल इक्विटी पार्टनर्स विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको र सेबोनद्वारा स्वीकृति प्राप्त कोष प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडको एकाइ हो ।

यस साम्झौताले आधुनिक र उच्च–गुणस्तरको दुग्ध उत्पादनमा आफूलाई देशकै प्रथम स्थानमा स्थापित गर्ने चाहने डेलिज डेरिजको लक्ष्यलाई थप उर्जा प्रदान गरेको छ । एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजको गुणस्तर र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई मान्यता दिएको छ । ‘डेलिस’ ब्राण्डको ग्रीक दहीले नविनताको पहिचान दिएको छ भने ‘पञ्चमी’ ले स्थानीय नेपालीको मन जित्न सफल भएको छ । यस लगानीले नेपाली बजारमा डेलिस ब्राण्डको स्थानलाई झनै मजबुत बनाउने भएको छ ।

लगानी सम्झौताले डेलिस डेरिजलाई निम्न उल्लिखित लाभ हुनेछन् :

– उत्पादन क्षमतामा वृद्धिः चितवनमा रहेको आफ्नो हालको कारखानामा प्राविधिक रूपमा उन्नत मेसिनरीको खरिद गरि डेरिजका स्वादिष्ट उत्पादनको बढ्दो मागलाई पूरा गर्न सक्नुका साथै त्यहाँको हालको १० हजार लिटर प्रति दिनको क्षमतालाई उल्लेखनीय रूपमा वृद्धि गर्न सक्ने ।
– प्रोडक्ट इनोभेसनः नयाँ परिकारको उत्पादनका साथ नेपालभरका ग्राहकलाई उत्कृष्ट स्वाद प्रदान गर्न सक्ने ।
– बजारको पहुँचमा विस्तारः वितरण सञ्जाल बलियो बनाउँदै डेलिस उत्पादनलाई नेपालभरका ग्राहकमाझ पु¥याउन सक्ने ।
– देशकै अग्रणी चीज उत्पादकः आयातित विदेशी दुग्धको हालको निर्भरतालाई तोड्ने लक्ष्यसहित इलामको फिक्कलमा नयाँ अत्याधुनिक कारखाना निर्माण गर्न सक्ने ।
– आईपीओ निष्काशनः घरेलु पूँजी बजारमा थप सकारात्मक प्रभाव पार्न आईपीओ निष्काशनको तयारी गर्न सक्ने ।

एनआईएमबी एस क्यापिटल लिमिटेडका सीईओ शिवान्तबहादुर पाँडेले यस सम्झौताबारे उत्साह व्यक्त गर्दै एनआईबीएल इक्विटी पार्टनर्स डेलीश डेरीसँग साझेदारी गर्न पाउँदा खुशी लागेको बताए । यस लगानी मार्फत स्वदेशमा उत्पादित विभिन्न प्रकारका चिज र उच्च गुणस्तरका दुग्ध उत्पादन सहित डेलिसलाई एउटा प्रख्यात ब्रान्डको रूपमा स्थापित गर्न सहयोग पु¥याउने बताइएको छ ।

डेलिस डेरिजका सह–संस्थापक र सीईओ सन्दीप पौडेलले एनआईबीएल इक्विटी पार्टनरको विशेषज्ञता र पूजीँ निष्काशनले हाम्रो विकासको मार्गमा उल्लेखनीय भूमिका खेलेको बताउँदै यो साझेदारीले नेपालको अग्रणी दुग्ध उत्पादकको रूपमा रहेको हाम्रो स्थानलाई थप बलियो बनाउने बताएका छन् ।

डेरिस डेरिजका प्राथमिकताहरु यसप्रकार रहेका छन् :

– उत्कृष्ट गुणस्तरः उच्च गुणस्तर, प्राकृतिक र मिसावट–रहित दुग्ध उत्पादन मार्फत उपभोक्ताले विश्वास जित्ने ।
– ग्राहकको स्वास्थ्यमा ध्यान : कम फ्याट र ग्लुटेन–रहित डेरी उत्पादनको आवश्यकताहरू पूरा गर्ने ।
– स्थानीय स्रोत र समर्थनः स्थानीय किसानलाई सशक्त बनाउन दूध मूल्य निर्धारण कार्यक्रमको पहल गर्ने ।
-बलियो जनशक्तिः ७० जनाको बलियो र सक्षम कर्मचारीकोे टोली बनाउने ।

यो लगानी सम्झौताले एनआईबिएल इक्विटी पार्टनर्स र डेलिस डेरिजको रोमाञ्चक नयाँ अध्यायको सुरुवात गरेको छ । यस साझेदारीले नेपालमा विश्वास र गुणस्तरको ब्राण्ड बन्ने डेरिजको लक्ष्यलाई थप उर्जा दिनेछ ।

You might also like

Comments are closed.