काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । आज परिसूचक २ दशमलव १५ अङ्कले बढेर २ हजार ४८८ दशमलव ०९ अङ्कमा कायम भएको हो ।
आज ३०१ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर १ लाख ७० हजार ५५९ पटक खरिदबिक्री हुँदा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४४० बराबरको कारोबार भएको छ । बैङ्किङ १ दशमलव २३, विकास बैङ्क ० दशमलव ६३, होटल तथा पर्यटन ० दशमलव २१, लगानी ० दशमलव ४७, लघुवित्त ० दशमलव ५३ र निर्जीवन बीमा समूहको उपसूचक ० दशमलव ०६ प्रतिशतले घटेको छ ।
अरु समूहको उपसूचक बढेको छ । आज वित्त समूह ० दशमलव ७१, जलविद्युत् १ दशमलव ७४, जीवन बीमा ० दशमलव ०१, उत्पादन तथा प्रशोधन २ दशमलव १६, म्युचुअल फन्ड ० दशमलव ७८, व्यापार १ दशमलव ८६ र अन्य समूहको उपसूचक १ दशमलव ४३ प्रतिशतले बढेको छ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै घट्नेमा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ९४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३६ करोड ९३ लाख ४८ हजार ७४१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को १५ लाख ५६ हजार ९९५ कित्ता शेयर किनबेच भएको छ । रासस
Comments are closed.