नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अङ्क अर्थात् ३ दशमलव ०३ प्रतिशतले बढेर २ हजार ५६३ दशमलव ४३ को बिन्दु कायम भएको हो ।

आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर १ लाख ७१ हजार ३८७ पटक खरिदबिक्री हुँदा रु १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहका उपसूचक हरियो देखिँदा सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ५ दशमलव ०६ र जीवन बीमा समूहको उपसूचक ४ दशमलव ४५ प्रतिशतले बढेको छ ।

६ वटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड, माण्डु हाइड्रोपावर लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, नेपाल वायरहाउजिङ कम्पनी लिमिटेड र साहस ऊर्जा लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

सबैभन्दा धेरै शेयर मूल्य गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको घटेको छ । गणपतिको शेयर मूल्य ५ दशमलव ८३ प्रतिशतले घटेको हो । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु २४ करोड ६९ लाख २३ हजार ७९२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा नबिल ब्यालेन्स फन्ड–२ को १६ लाख २ हजार ८३५ बराबरको कारोबार भएको छ । रासस

lcci
You might also like

Comments are closed.