साशा इन्जिनियरिङको आइपीओ निष्कासन हुने, बिक्री प्रवन्धक एनआइएमबि एस क्यापिटल

काठमाडौं । साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको आइपीओ निष्कासनका लागि एनआइएमबि एस क्यापिटल बिक्री तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशनमार्फत धितोपत्र निष्काशनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौलाई निष्काशन तथा बिक्री प्रबन्ध नियुक्त गरेको छ ।

सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ हाइड्रोपावरले दोलखा जिल्लामा अवस्थित खानिखोलाको पानी प्रयोग गरी ३० मेगावाट क्षमताको खानिखोला (दोलखा) जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र प्राप्त गरेको थियो ।

सो आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरण संग विद्युत खरिद–बिक्री सम्झौता समेत गरिसकेको छ । हालसम्म सो आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।

धितोपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीकातर्फबाट अध्यक्ष पवित्रकुमार कार्की र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका छन् । कार्यक्रममा साशा इन्जिनियरिङ हाइड्रोपावरका कम्पनी सचिव दिलिपकुमार चौधरी तथा एनआइएमबि एस क्यापिटल लिमिटेडका महाप्रबन्धक सचिन्द्र ढुङ्गाना लगायत सहभागी थिए ।

You might also like

Comments are closed.

Secret Link