एन्टर्क ओनर्स ग्रुप माइलेज टेस्ट पोखरामा सफलतापूर्वक सम्पन्न

पोखरा । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट सफलतापूर्वक सम्पन्न गरेको छ ।

शनिबार आयोजना भएको यस राइड टिभिएसको पोखरा स्थित शोरूम स्क्वायर मोटर्सबाट सुरु भएर सेभेन लेक्स रिसोर्ट, लेखनाथ पुगेर समापन भएको हो । राइडको क्रममा करिब ५० राइडरले माइलेज टेस्ट एनओजी राइडमा भाग लिएको र सहभागीबीच विभिन्न खेलहरू पनि खेलाइएको बताइएको छ ।

स्क्वायर मोटर्सदेखि सेभेन लेक्स रिसोर्ट सम्म माइलेज टेस्ट गर्दा ७७.२ किलोमिटर माइलेजसहित दीनानाथ अधिकारी विजेता हुन सफल भएका छन् भने, ७५.३८ किलोमिटरको माइलेजसहित रोशनी लामिछाने दोस्रो र ७३.८४ किलोमिटरका राइडसहित सुमन देवकोटा तेस्रो हुन सफल भएका छन् । सबै राइडरलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

राइड सम्पूर्ण सुरक्षा सावधानी अपनाई नेपाल सरकारको अनुमती लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । टिभिएसको पोखराको शोरुम, स्क्वायर मोटसका ओनर बिनोदमान श्रेष्ठले सबै सहभागीलाई स्वागत गरेका हुन् । टिभिएसकी प्रोडक्ट हेड करुना पुडासैनीका अनुसार राइड गर्नुको मुख्य लक्ष्य नेपालमा १ लाख एनटर्क बिक्री भएको उपलब्धि मनाउनु र एनटर्कको माइलेज, पावर र पर्फर्मेन्स प्रति विश्वास बढाउनु हो ।

राइडमा हेड मार्सलले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी दिइएको छ । यस अविस्मरणीय राइडले टिभिएस एनटर्कको लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा मात्र नभई एनटर्क ओनर ग्रुपका राइडरहरू बीचको सद्भावलाई पनि बलियो बनाएको छ ।

You might also like

Comments are closed.