काठमाडौं देखि लद्दाख सम्म यामाहा एरोक्स १५५ को सफलतापूर्वक यात्रा

काठमाडौं । सोलो ट्राभल अवशिस ओझाले आफ्नो यामाहा एरोक्स १५५ स्कुटरको साथ काठमाडौं देखि भारतको लद्दाखसम्मको एकल यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । उनले केवल ११ दिनमा ५०००+ किलोमिटर भन्दा बढी यात्रा गरेका थिए ।

ओझाले यात्रा दौरान साहस, जोँश र अटल सङ्कल्पलाई आफ्नो दृढ सङ्कल्प र प्रमाणको रूपमा खडा गरेका थिए । आफ्नो यात्राको क्रममा, उनले विभिन्न भूभाग र मौसमको सामना गर्दै सो ठाउँको रोमाञ्चक र अद्भुत प्राकृतिक परिदृश्यसँग आफुलाई जोड्दै ति सुन्दर ठाउँलाई गहिरो रूपमा आत्मसात गरेका थिए ।

यो कठिन यात्रामा, यामाहा एरोक्स १५५ ले असाधारण, अद्वितीय पर्फर्मेन्सको उदाहरण प्रस्तुत गर्नुका साथै आफूलाई बलियो र भरपर्दो साथीको रूपमा प्रमाणित ग¥यो । एरोक्स १५५ स्कुटरमा रहेको एडभान्स लिकउइड कुल्ड इन्जिनले लद्दाखको उच्च स्थानमा पनि आफ्नो दक्षता प्रस्तुत ग¥यो । यसको चुस्त ह्यान्डलिङ र आधुनिक एफआई प्रविधिले ओझालाई घुमाउरो पहाडी सडकमा सहज र स्थिरताका साथ यात्रा गर्न सजिलो बनायो ।

यसका अतिरिक्त, स्कूटरको आरामदायी सीट र एर्गोनोमिक डिजाइनले बिना कुनै झन्झट र थकान बिना पनि घन्टौं समयसम्म यात्रा गर्न सक्ने सुनिश्चितता ग¥यो । एरोक्स १५५ मा सिटको मुनि आवश्यक सामान बोक्न सक्ने भण्डारण थियो, उन्नत ब्रेकिङ प्रणालीले ठाडो उकालो र कठिन भू–भागको सामना गर्न आत्मविश्वास र सुरक्षा प्रदान ग¥यो । एम ए डब्लू राइदकी सी यम ओ पुनम सिंहले, ओझाको उपलब्धि र एरोक्स १५५ को प्रशंसा गर्दै यो उल्लेखनीय यात्रा पूरा गरेकामा अवशीस ओझाप्रति खुशी लागेको बताए ।

एडभान्स लिकउइड कुल्ड इन्जिन, आधुनिक FI टेक्नोलोजी र एर्गोनोमिक डिजाइन जस्ता सुविधाले अवशीसको सफल अभियानले स्कूटरको क्षमतालाई हाइलाइट गर्दछ । सबै उत्साहीलाई उनीहरूको कम्फर्ट जोन भन्दा बाहिर गएर विभिन्न चुनौतीपूर्ण भू–भागको सामना गर्न प्रेरित गर्दछ । एरोक्स १५५ को वास्तविक क्षमतालाई देखाउँदछ ।

You might also like

Comments are closed.