रियलमी नार्जो एन ६५ फाइभ जि र रियलमी सि ६३ नेपालमा सार्वजनिक

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नार्जो एन ६५ फाइभ जि र रियलमी सि ६३ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सि ६५ फाइभ जि मा ६.७२ को फुल एचडी डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट, मिडियाटेक डाइमेन्सिटी ७०० र फाइफ जि जस्ता मुख्य फिचरहरु रहेका छन् भने रियलमी सि ६३ मा ६.७४ को एचडि डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामारा र ४५ वाटको सुपरभोक चार्जर समावेश रहेका छन् ।

रियलमीको लागि भारत र नेपालको हेड अफ स्ट्राटेजी, मुनिस गिरीले नेपाली बजारमा नार्जो एन ६५ फाइभ जि र रियलमी सि ६३ ल्याउन पाउँदा निकै उत्साहित भएको बताए । “यी स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ । नार्जो एन ६५ फाइभ जिको उन्नत फाइभ जि फिचरहरु र सि ६३ को किफायती मूल्यमा नै प्राप्त हुने आकर्षक फिचरले ग्राहकको मन जित्नेमा हामी विश्वस्त छौँ ।”

 

प्रिमिएम स्टान्डर्डको रियलमी नार्जो एन ६५ फाइभ जि :

आकर्षक डिजाइन र सुपेरियर डिस्प्ले
६.६ इन्चको डिस्प्ले रहेको रियलमी नार्जो एन ६५ फाइभ जि को १९० ग्रामको हल्का तौलले यो स्मार्टफोन प्रयोग गर्न निकै सहज बनाउँछ । एम्बर गोल्ड र डिप ग्रिनमा उपलब्ध नार्जो एन ६५ फाइभ जि स्टाइलको मामला निकै अगाडि छ । लो ब्लु लाइटमा टियुभि राइल्यान्डबाट सर्टिफाइड यो स्मार्टफोन उज्यालो कम रहेको ठाउँमा पनि मजाले प्रयोग गर्न सकिन्छ । साथमा हाइ बिम मोड ५०० र ६२५ निट रहेको यस स्मार्टफोन उज्यालो घाममा पनि आरामले प्रयोग गर्न सकिन्छ ।

फाइभ जिको पावरफुल पर्फर्मेन्स
नार्जो एन ६५ फाइभ जि मा मिडियाटेक डाइमेन्सिटी ६३०० फाइभ जि को दमदार प्रोसेसर समावेश रहेको छ । अक्टाकोर सिपियु रहेको यस स्मार्टफोनमा एकैपटक धेरै एपहरुको प्रयोग गर्न सकिन्छ । फाइभ जि कनेक्टिभिटीको साथमा प्रयोगकर्ताले फास्ट डाउनलोड स्पिड र गेमिङ अनुभव प्राप्त गर्न सक्नेछन् ।

आकर्षक एआई क्यामरा प्रणाली
५० मेगापिक्सेलको एआई क्यामरा रहेको नार्जो एन ६५ फाइभ जि ले आकर्षक फोटो र भिडियोहरु निकाल्छ । यस स्मार्टफोनको क्यामारामा नाइट मोड, स्ट्रिट मोड, प्रो मोड, पोट्रेट मोड र टाइम ल्याप्स जस्ता फिचरहरु पनि उपलब्ध रहेका छन् । साथै ८ मेगापिक्सेलको प्रन्ट क्यामाराले उत्कृष्ट क्वालिटीको सेल्फी खिच्न र भिडियो कल गर्न सकिन्छ ।

सुपरफास्ट चार्जिङ र लामो ब्याट्री लाइफ
रियलमी नार्जो एन ६५ मा ५००० एमएएचको शक्तिशाली ब्याट्री उपलब्ध छ जसले पटक पटक चार्ज गरिरहनु पर्ने झन्झटबाट छुटकारा दिन्छ । साथमा १५ वाटको सुपरफास्ट चार्जले एकैछिनमा डिभाइसलाई फुल चार्ज गर्न मद्दत पु¥याउँछ ।

पर्याप्त स्टोरेज र ¥याम
रियलमी एन ६५ फाइभ जि मा ६ जिबीको ¥याम र १२८ जिबीको स्टोरेज उपलब्ध रहेको छ भने यसको स्टोरेज एसडि कार्ड थपेर २ टिबीसम्म पु¥याउन सकिन्छ । साथै ६ जिबी भर्चुअल ¥याम पनि थप गर्न सकिने यो स्मार्टफोनमा एकै पल्टमा धेरै एपहरु प्रयोग गर्न सकिन्छ ।

एडभान्स्ड कनेक्टिभिटी र नेभिगेसन
नार्जो एन ६५ फाइभ जि मा दुइवटा न्यानो सिम र एउटा एसडि कार्ड राख्न सकिन्छ । साथै यसमा ब्लुटुथ ५.३, डुअल ब्यान्ड वाइफाइ र जिपिएस, ग्यालिलियो, बाइडु जस्ता न्याभिगेसन सिस्टमहरु पनि उपलब्ध हुन्छ ।

मुल्य र उपलब्धता
६+१२८ जिबी भेरियन्टको रियलमी नार्जो एन ६५ फाइभ जि नेपालभर मात्र रु. २१,९९९ मा उपलब्ध छ ।
उच्चतम गुणस्तर स्ट्यान्डर्डको रियलमी सी ६३

मेमोरी र स्टोरेज
८+८ जीबीको डायनामिक ¥याम र १२८ जिबीसम्मकोे स्टोरेज अप्सन रहेको रियलमी सी ६३ मा थप १६ जिबी भर्चुअल मेमोरी थप गर्न सकिन्छ, जुन ग्राहकवर्गको लागि अधिकतम हुन्छ ।

आई कम्फर्ट डिस्प्ले
रियलमी सी ६३ को ६.७४५ इन्च डिस्प्लेमा जीवन्त दृश्यहरू देख्न पाइन्छ भने यसमा ५६० निट्स (एचबिएम) सम्मको ब्राइटनेस पनि समेटिएको छ । १६००८८७२० को एचडी रिजोलुसन र ९० हर्जको रिफ्रेस रेटको साथ रियलमी सी ६३ ले इमर्सिभ डिस्प्ले अनुभव प्रदान गर्दछ । साथै यसले डिस्प्लेले १८० हर्जसम्मको टच स्याम्प्लिङ रेटलाई पनि सपोर्ट गर्दछ ।

फास्ट चार्जिङ र शक्तिशाली ब्याट्री
४५ वाटको सुपरभोक चार्जर समावेश रहेको रियलमी सी ६३ छिटै चार्ज गर्न सकिन्छ । साथमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यस स्मार्टफोनलाई १ चार्जमा दिनभर आरामले प्रयोग गर्न सकिन्छ ।

एडभान्स क्यामेरा सिस्टम
रियलमी सी ६३ मा ५० मेगापिक्सेलको एआइ क्यामेरा उपलब्ध रहेको छ । साथमा ८ मेगापिक्सेलको सोनी आईएमएक्स ३५५ अल्ट्रा–वाइड–एंगल लेन्सले वाइड फिल्ड अफ भ्यु प्रदान गर्दछ । यसमा नाइट मोड, म्यानुअल मोड, पानोरामा, पोट्रेट मोड, टाइम–ल्याप्स, स्लो मोसन, क्युआर कोड र गूगल लेन्स जस्ता फिचरहरु पनि समावेश रहेको छ । साथै ७२० पिक्सेलको भिडियो ३० एफपिएसमा पनि यसको क्यामराले खिच्न सक्छ ।

कनेक्टिभिटी र नेभिगेसन
रियलमी सी ६३ ले डुअल सिम मोड समर्थन गर्दछ । साथै यसमा रहेको ५ गिगाहर्जको वाइफाइ, ब्लुटुथ ५.० सहित जिपिएस, ग्लोनास, बिडिएस र ग्यालिलेओ लगायतका नबीन नेभिगेसन फिचरहरू पनि यस स्मार्टफोनमा उपलब्ध छन् ।

आकर्षक डिजाइन र उच्चतम अडियो
१६७.२६ मिलिमिटरको लम्बाइ, ७६.६७ मिलिमिटर चौडाइको साथ रियलमी सि ६३ जेड ग्रीन र लेदर ब्लू रंगमा डिजाइन गरिएको छ । केवल १९१ ग्राम तौल भएको यस डिभाइसलाई ह्यान्डल गर्न निकै सहज छ । वान–माइक नोइज क्यान्सलेशनको साथ सुपर लिनियर मोनो स्पिकरहरू पनि रियलमी सि ६३ मा समावेश रहेको छ ।

पृथक युजर एक्स्पेरियन्स
एन्ड्रोइड १४ मा आधारित रियलमी सी ६३ मा रियलमी युआई समावेश रहेको छ । विभिन्न कस्टोमाईजेशन र प्राईभेसि अप्शनहरूका सुविधाको साथ प्रयोगकर्ताको अनुभवलाई फरक बनाउने कम्पनीले जनाएको छ ।

मुल्य र उपलब्धता
रियलमी सी ६३ ४+ १२८ जीबी स्टोरेज भेरियन्टमा रु. १५,९९९ मा नेपालभर उपलब्ध रहेको छ ।

 

You might also like

Comments are closed.