फ्रि हेल्थ चेकअप क्याम्प गर्दै सीएफमोटो, उपत्यका बाहिर मनसुन सर्भिस क्याम्प

काठमाडौं । सीएफमोटो र जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सीएफमोटो फ्रि हेल्थ चेकअप क्याम्पको शुभारम्भ गरेको छ । हरेक शुक्रबार र शनिबार गरिने सो क्याम्पका बारेमा काठमाडौं उपत्यकाका भाटभटेनी सुपर मार्केटमा राखिने स्टलमार्फत जानकारी प्रदान गरिने छ ।

सो अवसरमा कम्पनीबाट खटाइएका कर्मचारीले आवश्यक जानकारी प्रदान गर्नेछन् भने थप जानकारी लिन चाहने ग्राहकलाई नजिकैको सर्भिस सेन्टरको विस्तृत जानकारी दिदै सहज वातावरणमा सेवा प्रदान गर्नेछन् । सो क्याम्पमा सीएफमोटो चढ्ने ग्राहकले आफ्नो बाइकको फ्रि चेकअप गराई फ्रि वासिङ समेत गराउन सक्छन् ।

साउन ११ र १२ गते राधेराधे र चुच्चेपाटी, १८ र १९ गते कोटेश्वर र महाराजगञ्ज तथा २५ र २६ गते सातदोबाटो र गोंगबुुस्थित बीजी मलको भाटभटेनी सुपर मार्केटमा स्टल सञ्चालन हुनेछ । यद्यपि फ्रि हेल्थ चेकअप क्याम्प भने महिनाभर नै सबै सर्भिस सेन्टरमा सञ्चालन हुनेछ ।

काठमाडौं उपत्यका बाहिर समेत सीएफमोटो मनसुन सर्भिस क्याम्प हुुँदैछ । यस अनुसार साउन १३ देखि १५ सम्म बुटवलको बागमती मोटरसाइकल सेन्टर, २० देखि २२ सम्म विर्तामोडको चारपानेस्थित महालक्ष्मी इन्टरनेसनल र २७ देखि २९ सम्म पोखराको नोरिन मोटरसाइकलमा सो क्याम्प हुनेछ ।

सर्भिस क्याम्पमा फ्रि वासका साथै स्पेयर पार्ट्समा १० प्रतिशत, इन्जिन आयलमा ५ प्रतिशत र लेबल चार्जमा ५० प्रतिशत छुट उपलब्ध हुनेछ । रिलायन्स ग्रुपले सीएफमोटो बाइकको आधिकारिक वितरक लिएसँगै बिक्री पछिको सेवा र स्पेयर पार्ट्स उपलब्धतामा आक्रामक रणनीति लिएको देखिन्छ ।

असार महिनाको सुरुवातमै आफ्नो कालोपुलस्थित सर्भिस सेन्टरमा ७ दिने क्याम्प सञ्चालनसँगै शुुरु भएको सो अभियानलाई हाल निरन्तरता दिएको देखिन्छ ।

You might also like

Comments are closed.