पोखरा । लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीले बटुक आश्रममा खाद्यान्न सहयोग गरेको छ । राष्ट्रिय परोपकार महासघंद्वारा पोखरा–१५ मा सञ्चालित बटुक आश्रममा दैनिक उपभोग्यका विभिन्न सामग्री सहयोग गरिएको आरम्भ चौतारीले जनाएको छ ।
शनिबार एक कार्यक्रमका बीच चामल, दाल, आलु, तेल, घ्यू, नुन, मसला, विस्कुट, चिउरा, तरकारी, गेडागुडी लगायत गरी करिव ५० हजार बराबरको सामग्री सहयोग गरिएको हो ।
लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीकी अध्यक्ष कृष्णकुमारी कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चेयर पर्सन मोहनराज आचार्य, भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम, जोन चेयर पर्सन महेश्वर रिमाल, चित्रबहादुर गुरूङ, माया बराल लगायत सहभागी थिए ।
कार्यक्रमको सहजिकरण लायन्स क्लब अफ पोखरा आरम्भ चौतारीका सचिव देविका कार्कीले गरेकी हुन् । आध्यात्मिक ज्ञानको माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै धर्म संस्कृतिको जगेर्ना गर्ने तथा असहायलाई शिक्षा प्रदान गर्दै आएको आश्रममा ६५ जना बटुकहरू अध्ययनरत रहेका छन् ।






Comments are closed.