कृषिमा संस्थागत नीजि क्षेत्रको लगानी प्रवद्र्धन गर्न कृषि मन्त्री अधिकारी सकारात्मक

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि कृषि तथा पशुपन्क्षी विकास मन्त्री रामनाथ अधिकारी समक्ष विभिन्न सुझाव पेश गरेको छ ।

कम्पनीको देशभरको उपस्थिती, कृषि क्षेत्रको अध्ययन तथा अनुसन्धान र हालसम्मको कार्य अनुभवको आधारमा, कृषि क्षेत्रको दिगो तथा संस्थागत विकास गर्न १० वटा बुँदामा मन्त्री अधिकारीलाई भेटेर विभिन्न सुझाव पेश गरिएको हो ।

मन्त्री अधिकारी समक्ष पेश गरिएका सुझावहरु :

१. कृषि तथा पशुपन्छि विकास मन्त्रालयको प्राविधिक सहयोगमा प्रधानमन्त्री तथा मन्त्रि परिषद कार्यालय मातहत “एकिकृत कृषि विकास प्राधिकरण, निकाय वा केन्द्र” को स्थापना गर्ने ।
२. सरकारले खरीद सुनिश्चितता गर्न सक्ने उद्योग संरचनाको विकासमा लगानी गरी नीजि क्षेत्रलाई प्रतिस्पर्धात्मक रुपमा सञ्चालन र व्यवस्थापनको लागि जिम्मेवारी दिने । (जस्तै : लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाको लगानीमा बुटवल १० मा स्थापित आधुनिक पशुबधशाला)
३. बजार अनुसारको उत्पादन प्रणालीको विकास गर्न करार ऐनको निर्माण, उत्पादन क्यालेन्डरको विकास र खरीद सुनिश्चतताको व्यवस्था मार्फत सामुहिक तथा व्यवसायिक उत्पादनलाई प्रोत्साहित गर्ने ।
४. स्थानीय सम्भावनामा आधारित “एक स्थानीय संरचना (निकाय), एक कृषि परियोजना”को विकास गरी ग्रामिण क्षेत्रका स्थानीय पालिकालाई उत्पादन प्रवद्र्धन तथा प्रारम्भिक प्रशोधन र सहरी क्षेत्रका स्थानीय पालिकालाई भण्डारण तथा वितरणमा अभिमुखिकरण गर्ने ।
५. उद्यमशिलता केन्द्रमार्फत युवालाई कृषि उद्यममा आकर्षित गर्ने ।
६.“उत्पादनमा सहकारी, बजारीकरण प्रभावकारी” कार्यक्रम सञ्चालन गर्नका लागि सहकारीमा आधारित कृषि श्रोतकेन्द्रको विकास गर्ने ।
७. कृषिमा संस्थागत परामर्श केन्द्रको स्थापना र सञ्चालनका लागि नीतिगत व्यवस्था गर्ने ।
८.उपभोक्तालाई स्वस्थ र गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन “खाद्य साक्षरता” अभियानलाई राष्ट्रिय रुपमा सञ्चालन गर्ने ।
९. जलवायु अनुकुल तथा उत्थानशिल प्रविधिको विकास र प्रवद्र्धन तथा कार्वन फार्मिङलाई कार्वन व्यापारमा जोड्दै साना कृषकको क्षमता अभिवृद्धि गर्ने ।
१०. कम्बाइन हार्भेष्टरको आयात गर्दा वातावरण प्रदुषण नगर्न व्यवस्था गरिएको “वेलर सहित आयात” मात्र नभई वेलर वा ब्रसकटर भन्ने शब्दावली राख्नका लागि पहल गर्ने, जसले माटोमा प्राङ्गारिक तत्व बढाउनका साथै कृषकको लागतमा पनि न्यूनिकरण गर्न मद्धत गर्दछ ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका अध्यक्ष सिताराम काफ्ले, प्रबन्ध सञ्चालक भरतराज ढकाल लगायत सहभागी थिए । मन्त्रि अधिकारीले कृषि तथा पशुपन्छि क्षेत्रको समस्या समाधान गर्न आएका सुझावलाई बहुपक्षिय छलफल गर्दै कृषिमा संस्थागत नीजि क्षेत्रको लगानी प्रवद्र्धन गर्न आफु सकारात्मक रहेको बताए ।

मुक्तिनाथ कृषि कम्पनी “संस्थागत मूल्य श्रृंखला व्यवस्थापन मार्फत कृषि चक्रको निर्माण” गर्दै नेपालको कृषि अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा स्थापना भएको धितोपत्र बजारमा सूचिकृत पहिलो कम्पनी हो ।

 

lcci
You might also like

Comments are closed.