पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्कीको छैँठौ साधारण सभा तथा तेस्रो अधिवेशनले सुनिल गायकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको प्रथम उपाध्यक्षमा कपिल श्रेष्ठ, द्वितिय उपाध्यक्षमा राजन सुवेदी, महिला उपाध्यक्षमा गंगा परियार, सचिवमा प्रकाश रसाईली, कोषाध्यक्षमा सोनिया कार्की खत्री, सह–सचिवमा नविन लामिछाने, सहकोषाध्यक्षमा सचिन भट्टराई, सदस्यहरुमा सुजित परियार, किसु गुरुङ्, रविन नेपाली, सूर्यबहादुर परियार, सुजन परियार, राज बराल, सीता सुवेदी, अनु विक, सागर रुम्बा सर्वसम्मत चयन भएका छन् ।
निर्वाचित पदाधिकारी तथा सदस्यलाई शनिबार नै सपथ खुवाउनुका साथै प्रमाणपत्र वितरण गरिएको छ । अधिवेशनको उद्घाटन राष्ट्रिय संगीतकर्मी संघ नेपालका अध्यक्ष प्रकाश कटुवालले गरेका थिए । उनले संघ संस्थामा आवद्ध हुनु मात्र ठुलो कुरा होइन, संस्थाको हितमा काम गर्न सक्नुपर्ने बताएका छन् । त्यसैगरी राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष रामचन्द्र ढकालले गण्डकी प्रदेशका अन्य जिल्लाको तुलनामा काक्की जिल्ला अग्र स्थानमा रहेको बताउँदै कास्की र स्याङ्जा जिल्ला लोकगीतको उर्वरभूमि रहेको समेत बताए ।
संघका केन्द्रिय सदस्य ऋषिराम दहालले कास्की शाखाको सचिव र अध्यक्ष पदमा रहदा दुई–दुईवटा जागिर छाडेर संस्थाका लागि कार्य गरेको अनुभव सुनाएका छन् । संस्थाका सल्लाहकार तथा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले संघसंस्था सञ्चालनका क्रमका बाधा व्यवधान आउने भएकाले सदस्यले नेतृत्वलाई सधैं सल्लाह सुझाव दिदै सहयोग पनि गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिले शुभकामना व्यक्त गरेका थिए । संघका कार्यबहाक अध्यक्ष कपिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष हरिराज कोइरालाले र सञ्चालन सचिव सुनिल गायकले गरेका हुन् ।






Comments are closed.