पोखरा । लायन्स क्लब अफ पोखरा मिड टाउनले केदारेश्वर महादेव मन्दिरमा प्रसादी वितरण कार्यक्रम गरेको छ । साउनको दोस्रो सोमवार पारेर पोखरा ६ मा रहेको यस मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनलाई प्रसादी वितरण कार्यक्रम गरेको क्लबले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालका डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन शिवराज आचार्यले लायन्स क्लब अफ पोखरा मिड टाउनले सामाजिक तथा धार्मिक क्षेत्रमा विभिन्न कार्यक्रम गरी योगदान पु¥याएकोमा धन्यवाद दिए ।
कार्यक्रममा डिष्ट्रिक्ट ३२५ एम नेपालका क्लस्टर २ का प्रमुख लायन कृष्णप्रसाद कोइरालाले आगामी दिनमा सामाजिक क्षेत्रमा रचनात्मक कार्यका लागि शुभकामना दिएका छन् । विहान ९ः३० बजेबाट दिउँसो ४ बजेसम्म प्रसादी वितरण गरिएको हो ।
क्लबका अध्यक्ष लायन लेखबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा मन्दिरमा दर्शन तथा पूजा गर्न आउने श्रद्धालुभक्तजन, लायन्स क्लब डिष्ट्रिकका उच्च पदस्थ नेतृत्व लगायतको उत्साहजनक सहभागीता रहेको थियो ।
मन्दिरमा दर्शन गर्न आएका करिव १२ हजार भक्तजनले प्रसादी ग्रहण गरेको क्लबले जनाएको छ । कार्यक्रम संयोजक लायन खगेन्द्र न्यौपाने (राजु) ले सहभागीलाई धन्यवाद दिएका हुन् ।






Comments are closed.