लायन्स कर्पोरेट सोसियल अवार्ड सम्मान कार्यक्रम हुँदै

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालले चौथो लायन्स कर्पोरेट सोसियल अवार्ड आयोजना गरेको छ । क्लबले समाजका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले बिगत ३ वर्षदेखि अवार्ड प्रदान गर्दै आइरहेको छ ।

आउँदो साउन १९ गते शनिवारका दिन आयोजना हुने अवार्ड वितरण कार्यक्रमको तयारी भइरहेको छ । ललितपुर पुल्चोकस्थित एलिस कन्फीरेन्समा विहान ११ः ३० वजे कार्यक्रम गर्ने तय भएको छ । विभिन्न वर्ग, पेशा र क्षेत्रमा रहेर समाजका लागि सकारात्मक योगदान गर्ने व्यक्तिलाई क्लबले लायन्स कर्पोरेट सोसियल अवार्डले सम्मान गर्दै आइरहेको छ ।

समाजमा बढ्दो निराशालाई चिर्दै सकारात्मक काममार्फत समाज र देश तथा मानव जातीलाई नै सकारात्मक उर्जा दिने व्यक्तिलाई सम्मानित गर्ने अभियानअन्तर्गत सो अवार्डको आयोजना गर्दै आइरहेको क्लबले जनाएको छ । देशमा केही भएन भन्ने सोँचका कारण व्याप्त निराशाले पूरा समाजलाई गाँजिरहेका बेला नेपालमै सकारात्मक कामलाई प्रोत्साहन गर्ने लायन्स क्लबको उद्देश्य हो ।

क्लबले प्रदान गर्ने अवार्डले समाजमा सकारात्मक योगदान गर्नेलाई हौसला मिल्ने, अन्य व्यक्तिलाई पनि सकारात्मक काममा लाग्ने प्रेरणा प्रदान गर्ने भएकाले बिगत ३ वर्षदेखि प्रदान गर्दै आएको यस अवार्डलाई यो वर्ष पनि निरन्तरता दिदै वितरण गर्न लागिएको लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालका अध्यक्ष लायन रमेशप्रसाद रुपाखेतीले जानकारी दिए ।

 

 

 

You might also like

Comments are closed.

Secret Link