काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले “निजि क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता” विषयमा मधेश प्रदेशका रोजगारदाताका लागि बिरगन्जमा आयोजना गरेको ३ दिने तालिमको बुधबार उद्धघाटन समारोहमा बैद्यले स्याहार तालिम आयोजना हुनुको प्रमुख उद्देश्य रोजगारदातालाई स्याहार काम के हो र यसको अर्थतन्त्रमा योगदान बिषयबारे जानकरी गराउनु बताए ।
स्याहार म्यानुअलका लागि सुझाव सङ्कलन गर्नु, स्याहार कामको लागि बैदेशिक रोजगारीमा जानेले पठाउने रकम अर्थतन्त्रमा गणना हुने भएतापनि स्वदेशमै गरिने स्याहार कामको गणना नहुने गरेको उनी बताउँछन् । अनौपचारिक क्षेत्रमा हुने यस्ता कामको पनि गणना गर्ने काममा सरकार संगै निजि क्षेत्र र सरोकारवालाको उत्तिकै जिम्मेवारी रहेकाले अन्तर्राष्ट्रिय श्रम सङ्गठको सशक्त महिला सम्बृद्ध नेपाल परियोजाना संगको सहकार्यमा मधेश, कर्णाली र सुदुरमश्चिम प्रदेशमा कार्यक्रम गर्दै आइरहेको उनले बताए ।
अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका समावेशी वृद्धिमा प्राविधिक विशेषज्ञ अक्साना लिप्कानुले परियोजनाको शिर्षकले नै सशक्त महिला सम्बृद्ध नेपाल शिर्षकले नै महिला तथा बालिका केन्द्रित रहेको जस्तो देखिएता पनि त्यो नभएर श्रम बजार र व्यवसायको प्रवद्र्धन पनि रहेको प्रष्ट पारेका छन् । महासंघका केन्द्रीय सदस्य तथा व्यापार समिति सदस्य सुबोध गुप्ताले बीरगन्ज नगर सफा भएको र सडकमा व्यवसाय गर्ने महिलाको व्यवसाय सुरक्षा नभएकाले त्यसको सुनिश्चित नहुँदा उनीहरुको जीविकोपार्जनमा असर परेको बताउँछन् ।
महासंघका केन्द्रीय सदस्य एवं कृषि उद्यम केन्द्रका सभापति डीबी बस्नेतले स्याहार कामको गणना आफ्नै घरबाट सुरु हुनपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । महासंघका सहायक निर्देशक हरि पौडेल र अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका राष्ट्रिय परियोजना संयोजक कृपा बस्न्यातले कार्यक्रमको उद्धेश्यका सन्दर्भमा जानकारी दिएका हुन् ।
कार्यक्रममा जिल्ला, नगर उद्योग वाणिज्य संघ, व्यवासायिक प्रतिस्थापनका साथै श्रम रोजगार कार्यालय, बिरगन्ज नगरपालिकाबाट गरी करिव ६५ जनाको सहभागीता रहेको थियो ।






Comments are closed.