तोलामा १६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु १६ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु १ लाख ४७ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु १ लाख ४९ हजार ४ सय निर्धारण भएको छ ।

आजको मूल्यपछि सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ । चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ ।

बुधबार प्रतितोला रु १७ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु १८ सय निर्धारण भएको छ ।

You might also like

Comments are closed.