काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।
अफरका विजेता सुनसरीका ईन्द्रप्रसाद गुँरागाई, कुपन नम्बर ५३ लाई लक्ष्मी हुन्डाईका विक्री प्रतिनिधिले हुन्डाई Exter नक्सालस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।
अफर अन्तर्गत हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको लागि निःशूल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्याच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत एक जना विजेतालाई हुन्डाई Exter जित्ने मौका थियो ।
यस अफरको विजेता घोषणा हुन्डाई नेपालको फेसबुकबाट लक्की ड्र मार्फत २०८१ असार ३१ गते गरिएको हो । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको कम्पनीले जनाएको छ ।
Comments are closed.