काठमाडौं । महिन्द्रा फोर व्हीलर नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालि र अग्नि हायेर पर्चेज प्रालिले नगदरहित दाबीका लागि आइजिआइ प्रुरुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग पनि सम्झौता गरेको छ ।
बालाजु अटो वर्कस प्रालि कम्पनीका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, सर्भिस हेड शिव सुदन श्रेष्ठ, आइजिआइ प्रुरुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बाडे श्रेष्ठ, बागमती प्रदेश प्रमुख (उपत्यका भित्र) श्रीराम भण्डारी, गंगबु शाखा प्रबन्धक नरेन्द्र अधिकारीद्वारा अग्नि ग्रुप तथा आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सका प्रतिनिधि लगायतको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
यस सम्झौता पश्चात महिन्द्रा ग्राहकले सवारी साधन मर्मत सम्भार वा बीमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवाहरू पाउनेछन् ।
Comments are closed.