नेपाल डेरी एसोसिएसनको ५ वर्षीय रणनीति तयार गर्ने सम्बन्धमा छलफल

काठमाडौं । नेपाल डेरी एसोसिएसनको केन्द्रीय बैठक केन्द्रीय कार्यालय शंखमुल, ललितपुरमा बसेको छ । केन्द्रीय अध्यक्ष प्रल्लाद दाहालको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकमा ७ प्रदेशका अध्यक्षसहित सबै पदाधिकारी एवं केन्द्रीय सदस्य सहभागी थिए । एसोसिएसनको केन्द्रीय बैठक ३३ महिनामा बस्दै आइरहेको छ । सचिवालयको नियमित प्रत्येक महिनामा र आवश्यक अनुसार बेला–बेलामा पनि बस्ने गरेको महासचिव हेमचन्द्र खनालले जानकारी दिनुभयो ।

बैठकमा समसामयिक विषयदेखि महत्वपूर्ण विषयका सन्दर्भमा छलफल भएको केन्द्रीय सचिव शिवहरी आचार्यले बताए । एसोसिएसनले ५ वर्षीय रणनीति तयार गर्ने महत्वपूर्ण निर्णय गरेको छ भने किसानलाई भुक्तानी गर्नुपर्ने सम्बन्धमा छलफल, आफ्ना सदस्यलाई समयमै किसानको भुक्तानी गर्ने एसोसिएसनले निर्देशन गर्ने एसोसिएसनका केन्द्रीय उपाध्यक्ष दीपप्रसाद धमलाले बताए ।

एसोसिएसनले नयाँ आवको लागि बजेट एवं वार्षिक कार्यक्रम पास गरेको उपमहासचिव विजय चौरसियाले जानकारी गराए ।

lcci
You might also like

Comments are closed.