कृष्णनगरमा सञ्चालित शिविरबाट ४५० बिरामीको स्वास्थ्य परिक्षण

काठमाडौं । कृष्णनगरमा स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवाको समन्वयमा शनिवार १ दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

कपिलवस्तुको कृष्णनगरमा अवस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको होे । स्वास्थ्य शिविरमा कृष्णनगर लगायत आसपासबाट आएका करिव ४५० जना विरामीले स्वास्थ्य जाँच गराएका छन् ।

शिविरमा समान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परिक्षण, अल्ट्रासाउन्ड परिक्षण, दाँत तथा गिजा रोग, इ.सी.जी, छाला तथा यौन रोग लगायतका रोगको निःशुल्क जाँच, परिक्षण तथा औषधी वितरण समेत गरेको ट्रष्टका अध्यक्ष विश्वनाथ गोयलले बताए ।

शिविरमा नाम दर्ता तथा विभिन्न रोगको जाँच गराएका विरामीलाई आगामी भदौ १७ गतेसम्म विभिन्न रोगको उपचारमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवाले विशेष छुट तथा सहुलियत दरमा बिरामी उपचार समेत गर्ने ट्रष्टका अध्यक्ष गोयलले बताएका छन् ।

यसअघि समेत निःशुल्क स्वास्थ्य शिविर, राहात वितरण, शैक्षिक सामाग्री वितरण, बृक्षारोपण लगायत विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको स्व. वक्तावरीदेवी गोयल कल्याणकारी कोष गैरनाफामुलक सामाजिक संस्था हो ।

You might also like

Comments are closed.