नेपाल डेरी एसोसिएसनको मोही अभियानमा कृषि मन्त्री अधिकारीको साथ

काठमाडौं । नेपाल डेरी एसोसिएसनले सुरु गरेको मोही अभियानमा संघीय कृषि तथा पशुन्छि विकास मन्त्री रामनाथ अधिकारीको साथ रहेको छ ।

दरबारमार्गको ओरिएन्ट क्याफेमा शुरु भएको रैथाने एग्रो प्रोडक्ट्स मेलामा प्रत्येक शनिबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म प्रत्यक्ष ठेकीमा मोही तुल्याई खुवाउने अभियानमा मन्त्री अधिकारी उपस्थित भएर मोही अभियानलाई साथ दिएको एसोसिएसनका अध्यक्ष प्रल्लाद दाहालले बताए । मोही अभियानले देशैभरी रौनकता पाएको बताउँदै धेरै डेरी उद्योगले ब्रान्डिङ गरी मोही बजारमा ल्याएको एसोसिएसनका महासचिव हेमचन्द्र खनाल बताउँछन् ।

आजभोलि एसोसिएसनले सुरु गरेको मोही अभियानका कारण विवाह, पार्टी, भोज, भतेर सबै शुभकार्यमा मोहीले स्थान पाउने गरेको एसोसिएसनका सचिव शिवहरी आचार्यले बताए । उनले दर्पण ब्रान्डमा आफ्नो उत्पादन समेत सुरु गरेका छन् । स्वदेशी उत्पादनलाई साथ दिदै हरेक शुभ कार्यक्रममा मोही अनिवार्य राख्दा त्यसले सबैलाई हौसला मिल्ने गर्दछ ।

नेपाल डेरी एसोसिएसनले विगत डेढ वर्षदेखि स्कुल, कलेज, सार्वजनिक कार्यक्रम सबैतिर मोही अभियान चलाइरहेको एसोसिएसनका उपाध्यक्ष दिपप्रसाद धमलाले बताए । एसोसिएसनले दूध तथा दुग्ध पदार्थ खपतको लागि विद्यालयमा उपभोग बढाउने उद्देश्यले कविता प्रतियोगिता, वतृत्वकला प्रतियोगिता जस्ता विविध कार्यक्रम गर्ने गरेको एसोसिएसन सदस्य रविशरण थापाले बताए ।

lcci
You might also like

Comments are closed.