काठमाडौं । मङ्गलबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक १०८ दशमलव ३५ अङ्कले बढेर २ हजार ७५९ दशमलव ६७ को विन्दुमा कायम भएको हो ।
आज नेप्से परिसूचक ४ दशमलव ०८ प्रतिशतले बढेको हो । ३३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर २ लाख १२ हजार ६८१ पटक खरिदबिक्री हुँदा रु १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक ७ दशमलव ८९ प्रतिशतले बढेको छ । बैंकिङ २ दशमलव ३२, विकास बैंक ४ दशमलव ५१, वित्त ७ दशमलव ६३, होटल तथा पर्यटन ५ दशमलव १३, जलविद्युत् ५ दशमलव ७२, लगानी ३ दशमलव ८९ र जीवन बीमा ३ दशमलव ९७ प्रतिशतले बढेको छ ।
त्यस्तै उत्पादन तथा प्रशोधन ३ दशमलव ५३, लघुवित्त २ दशमलव १७, म्युचुअल फन्ड १ दशमलव ०१, निर्जीवन बीमा ३ दशमलव ०८ र व्यापार समूह ५ दशमलव ५३ प्रतिशतले बढेको छ । आज १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । २३९ कम्पनीको शेयर मूल्य बढ्दा ३ वटा कम्पनीको मात्रै घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन इन्स््योरेन्स लिमिटेडको रु १ अर्ब ५३ करोड ५३ लाख ६० हजार ४७३ बराबरको १६ लाख ९४ हजार २१ कित्ता शेयर किनबेच भएको छ । रासस
Comments are closed.