काठमाडौं । नेपालमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाका निश्चित मोडलमा एयरब्यागहरू परिवर्तन गर्ने योजना बनाएको छ ।
ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै ७ सय होन्डा कारमा एयरब्याग परिवर्तनको आवश्यक रहेकाले सो योजना बनाएको कम्पनीले जनाएको छ ।
सन् २००१ र २०१४ को बीचमा नेपालमा बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरूको टकाटा एयरब्यागहरू फिर्ता गरिनेछ ।
यी मोडलहरूमा एयरब्यागहरू निःशुल्क परिवर्तन गरिने होन्डा कारका सर्भिस म्यानेजर बिनम श्रेष्ठले बताए ।
Comments are closed.