काठमाडौं । सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प सुरु भएको छ । साउन २७ गतेबाट सुरु भएको सर्भिस क्याम्प आउँदो ३२ गतेसम्म रहनेछ । सो अवधीमा ७ जना भाग्यमानी ग्राहकलाई आकर्षक एसोसरिज प्याकेज रहेको छ ।
नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले “तपाईंको कारलाई उत्कृष्ट आकारमा राख्नुहोस्, र मनसुनलाई साहसिक बन्न दिनुहोस्” नाराका साथ मनसुन फ्री सर्भिस क्याम्प’ को आयोजना गरेको हो ।
लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिनाले विभिन्न समस्याको सम्भावना हुने कम्पनीले जनाएको छ । सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प सञ्चालन हुन लागेको पनि कम्पनीले जनाएको छ ।
सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनुका साथै ७ जना भाग्यमानी ग्राहकले आकर्षक एसोसरिज प्याकेज पनि जित्न सकिनेछ ।
सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी वा हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत सम्मको छुट भने लेवर चार्जमा २० प्रतिशत सम्मको छुट, स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत सम्मको छुट पाइनेछ ।
‘सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।
Comments are closed.