जगदम्बा मोटर्सले एक सय जना कन्टेन्ट क्रिएटरलाई एक सयवटा टिभिएस एन्टर्क स्कुटरले पुरस्कृत गर्ने

काठमाडौं । जगदम्बा मोटर्स नेपालका लागि टिभिएस स्कुटर र मोटरसाईकलको एकमात्र आधिकारिक वितरक हो । मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्दै नेपालकै सबैभन्दा ठूलो कन्टेन्ट प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

नेपालभरका कन्टेन्ट क्रिएटरलाई आफ्नो कला देखाउँदै रोमाञ्चक पुरस्कार जित्न प्रोत्साहन गर्ने यस प्रतियोगिताको उद्धेश्य रहेको छ । प्रतियोगिता पोस्टामको प्लेटफर्ममा हुनेछ । अन्य सोसल मिडिया प्ल्याटफर्महरू भन्दा भिन्न रहेको पोस्टाममा प्रयोगकर्ताले सूचना आदानप्रदान गर्न, मानिससँग कनेक्ट हुनुका साथै कन्टेन्टलाई मनिटाइज गरेर नियमित पोस्टमार्फत पनि आम्दानी गर्ने अवसरहरू प्राप्त गर्छन् ।

कम्पनीका अनुसार यो प्रतियोगिता एक ऐतिहासिक र नेपाली कन्टेन्ट क्रिएटरको लागि सबैभन्दा ठूलो पुरस्कार राशी रहेको प्रतियोगिता हो ।
टिभिएस नेपालकी प्रोडक्ट हेड करुणा पुडासैनीले यस प्रतियोगिताको लागि पोस्टाम एपसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित रहेको बताए । साथै यो प्रतियोगिता कन्टेन्ट क्रिएटरलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने उनले बताएका छन् ।

त्यस्तै पोष्टमका प्रमुख कार्यकारी अधिकृत र सह–संस्थापक रोनिश दाहालले यस प्रतियोगिताले कन्टेन्ट क्रिएसनलाई आफ्नो करियरको रुपमा स्थापित गर्न नेपालभरका कन्टेन्ट क्रिएटरलाई मद्दत गर्ने कुरामा विश्वस्त रहेको बताएका छन् । कन्टेन्टको क्वालिटी र इङ्गेजमेन्टको आधारमा टप १०० जना छनोट हुने आयोजकले बताएका छन् । पोस्टामले आवश्यक कन्टेन्ट थिमको बारेमा गिग फिचरमार्फत स्पष्ट निर्देशनहरू प्रदान गर्नेछ, जसले सहभागीलाई सुरुवात गर्न निकै सहज बनाउने छ ।

पोस्टाम प्रयोगकर्ताले यसबाहेक अन्य थुप्रै अवसरमार्फत पनि आम्दानी गर्न सकिने सुविधा प्रदान गर्ने आयोजकले जनाएको छ ।
जगदम्बा मोटर्स र पोस्टामको सहकार्यमा हुन लागेको यस प्रतियोगिताले कन्टेन्ट क्रिएटरको प्रतिभालाई पुरस्कृत गर्ने मात्र नभई नेपाली युवामा रचनात्मक अभिव्यक्तिको लहर ल्याउन मद्धत पु¥याउनेमा आयोजक विश्वस्त रहेको छ ।

You might also like

Comments are closed.