झापामा थप १२ सय हेक्टर जमिनमा सिँचाइ सुविधा

भद्रपुर (झापा) । झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०/८१ मा १२ सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा ६ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो ।

आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत आवका लागि विनियोजित रु १० करोड ४५ लाखको वित्तीय प्रगति शतप्रतिशत हुनुका साथै भौतिक प्रगति १३४ दशमलव १७ प्रतिशत रहेको छ । गत आवमा विनियोजित बजेटमा आयोजनाले लिएको लक्ष्यभन्दा बढी काम भएकाले भौतिक प्रगति बढेको छ ।

गत आवमा कृषि उत्पादन बढाउन नदी तथा नहरबाट सिँचाइ सुविधा नपुगेका खेतबारीमा भूमिगत सिँचाइ प्रणलीका माध्यमबाट सिँचाइ पुर्याउन १५ डिपट्युबवेल निर्माण र १७ वटा संरचाना निर्माण सम्पन्न भएको सूचना अधिकारी थापाले बताएका छन् । “आव २०७९/८० देखि २०८३/८४ सम्म ५ वर्षमा ७ हजार हेक्टर जमिनमा भूमिगत सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको आयोजनालाई बजेट अभाव हुँदा विगत २ वर्षमा लक्ष्यअनुसार प्रगति हुन सकेको छैन”, उनले भने ।

आयोजनाका अनुसार भूमिगत सिँचाइका लागि ५ वर्षमा रु २ अर्ब ५१ करोड १२ लाख बजेट लाग्ने अनुमान छ । २ आर्थिक वर्ष सकिँदा आयोजनाको वित्तीय १४ प्रगति र भौतिक प्रगति १८ दशमलव ८६ प्रतिशत छ । रासस

lcci
You might also like

Comments are closed.